News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा ५ जना विशेषज्ञ सहितको टिमलाई स्वागत

बोम बहादुर परियार२०८० भदौ ८
१०४० पटक
२०८० भदौ ८

प्यूठान अस्पतालमा आज विशेषज्ञ डाक्टरहरुलाई स्वागत गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच महिला तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, छातिरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट ( बेहोस बनाउने ) र मेडिकल अधिकृत लगायतलाई स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै प्यूठान अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेलको पहल र निकसाइमोन्स इन्स्टिच्युटको सहयोगमा प्यूठान अस्पतालमा २ बर्ष सम्म कार्यकाल रहने गरि विशेषज्ञ डा. सहितको टिम ल्याइएको बताइन् । ‘साथै उनले भनिन्, जिल्लामै विशेषज्ञ सहितको टिम आएको छ, नागरिकहरुलाई सामान्य समस्याका कारण बुटवल दाङ जानुपर्ने बाध्य हटेको छ ।’ प्यूठान अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न थालिएको छ, त्यसमा सम्पूर्ण डाक्टर, कर्मचारी र सरोकारवालाहरुको सहयोग आवश्यक पर्छ ।’

प्यूठान अस्पतालको बृद्धिविकासका लागि निकसाईमोन्स इन्स्टिच्युटले विगत १२ बर्ष देखी काम गर्दै आएको छ र आगामी दिनमा पनि यस अस्ताललाई सहयोग गर्न कुनै कसुर बाकी नराख्ने निकसाइमोन्स इन्ष्टिच्यूटका सिनियर कार्यक्रम म्यानेजर डा. कासिम शाहले बताए ।

त्यस्तै प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले डाक्टरहरुलाई स्वागत गर्दै निकसाईमोन्सले लिएको ३ वटा हब अस्पताल मध्ये प्यूठान अस्पताल तेस्रो नम्बरमा रहेको बताए । प्यूठान अस्पताललाई अब सुबिधाका हिसाबले पहिलो नम्बरमा लैजानले संकल्प लिएको समेत उनले दाबी गरे । प्यूठान अस्पताल जिल्लाको मात्र नभई रोल्पा, गुल्मि, अर्घाखाँची लगायतका बिरामीहरुले सेवा लिने हुँदा यसको विकासमा सबै पक्षबाट ध्यान जान जरुरी रहेको भन्दै डाक्टरहरुलाई काम गर्ने उपयूक्त बातावरण मिलाउने बताए ।

अस्पताल विकास समिति प्यूठानका अध्यक्ष विजय विराज विष्टको अध्यक्षता तथा प्रमुख अतिथि निकसाइमोन्स इन्स्टिच्युटका सिनियर कार्यक्रम म्यानेजर डा. कासिम शाह थिए भने कार्यक्रममा विशेष अतिथिको रुपमा पोखरा विज्ञान प्रतिस्ठानमा कार्यरत हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...