News Portal

रेडियो सुन्नुहोस्

नगरपालिकाले आँखा उपचार सेवा लिने उमेर बढायो

बिबश जि.एम२०८० भदौ १०
५०९ पटक
२०८० भदौ १०

प्यूठान नगरपापालिकाले जेष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क आखाँ उपचार सेवाको उमेरहद बढाएको छ । यस अघिसम्म ६० वर्ष माथिका जेष्ठ नागरिकले आँखाको उपचार सेवा निःशुल्क दिदै आएकोमा अव यो सुविधा ६८ वर्ष उमेर पुगेकाले मात्र पाउने भएका छन् ।

नगरपालिकालाई आर्थिकभार बढि भएकाले उमेरहद बढाउनुपरेको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए । ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई एक वर्षसम्म सेवा प्रदान गर्नको लागि यसै भदौ ७ गते प्यूठान नगरपालिका र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार बीच सम्झौता भएको छ ।

आँखा उपचारको लागि आउने ६८ बर्ष उमेर पुगेका सेवा ग्राहीले उमेर खुल्ने काजजात दिएर आएपछि सेवा पाउने छन् । अस्पतालबाट सेवा लिनको लागि सेवाग्राहीहरु स्वयं उपस्थित हुनुपर्ने, विरामी चेकजाँचको विवरण छुट्टै बनाउने लगायत कुरा उल्लेख गरि दुबै पक्षले सम्झौता गरेका छन् ।

आँखा अस्पताल बिजुवार र नगरपालिकाबीच २०८० भदौ ७ गतेदेखी २०८१ असार मसान्तसम्म मान्य हुने गरि एक वर्षको लागि सम्झौता भएको छ । सम्झौतामा विभिन्न ९ बुदाँ उल्लेख गरिएको छ । प्यूठान नगरपालिकाले बजेटको व्यवस्था गरेर २०७५ सालदेखि नगरपालिका भित्रका ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क आँखा उपचार सेवा प्रदान गर्दै आएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...