News Portal

रेडियो सुन्नुहोस्

नगरपालिकाले आँखा उपचार सेवा लिने उमेर बढायो

बिबश जि.एम२०८० भदौ १०
७१४ पटक
२०८० भदौ १०

प्यूठान नगरपापालिकाले जेष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क आखाँ उपचार सेवाको उमेरहद बढाएको छ । यस अघिसम्म ६० वर्ष माथिका जेष्ठ नागरिकले आँखाको उपचार सेवा निःशुल्क दिदै आएकोमा अव यो सुविधा ६८ वर्ष उमेर पुगेकाले मात्र पाउने भएका छन् ।

नगरपालिकालाई आर्थिकभार बढि भएकाले उमेरहद बढाउनुपरेको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए । ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई एक वर्षसम्म सेवा प्रदान गर्नको लागि यसै भदौ ७ गते प्यूठान नगरपालिका र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार बीच सम्झौता भएको छ ।

आँखा उपचारको लागि आउने ६८ बर्ष उमेर पुगेका सेवा ग्राहीले उमेर खुल्ने काजजात दिएर आएपछि सेवा पाउने छन् । अस्पतालबाट सेवा लिनको लागि सेवाग्राहीहरु स्वयं उपस्थित हुनुपर्ने, विरामी चेकजाँचको विवरण छुट्टै बनाउने लगायत कुरा उल्लेख गरि दुबै पक्षले सम्झौता गरेका छन् ।

आँखा अस्पताल बिजुवार र नगरपालिकाबीच २०८० भदौ ७ गतेदेखी २०८१ असार मसान्तसम्म मान्य हुने गरि एक वर्षको लागि सम्झौता भएको छ । सम्झौतामा विभिन्न ९ बुदाँ उल्लेख गरिएको छ । प्यूठान नगरपालिकाले बजेटको व्यवस्था गरेर २०७५ सालदेखि नगरपालिका भित्रका ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क आँखा उपचार सेवा प्रदान गर्दै आएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...