News Portal

रेडियो सुन्नुहोस्

सरूमारानीले दियो ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सामाग्री

बिबश जि.एम२०८० भदौ २४
४३३ पटक
२०८० भदौ २४

सरूमारानी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सम्मान सहित सामाग्री वितरण गरेको छ । गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र रहेका जेष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई सामाग्री वितरण गरिएको सरुमारानी गाउँपालिका ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्ता सोमै मगरले जानकारी दिए ।

सरुमारानी गाउँपालिका ४ मा आज आइतबार जेष्ठ नागरिक र अपागंताहरुलाई सामाग्री दिएको हो । वडामा भएका १२ जेष्ठ नागरीकलाई इलोक्ट्रोनिक किट्ली तथा थर्मस दिएको छ भने १० जना अपागंता भएकाहरुलाई अपागंता सहायता सामाग्री वितरण गरिएको वडा अध्यक्ष सोमैले जानकारी दिए । उनका अनुसार अरु वडाले वडा कार्यालयमा बोलाएर दिए पनि ४ नं वडाले घरघरमा पुगी सामाग्री दिएको छ ।

आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार संघिय सरकारबाट प्राप्त बजेट ५ लाख मा ७१ जना जेष्ठ नागरीक र ५२ अपागंता गरि कुल एक सय २३ जनालाई सामाग्री वितरण गरिएको हो । यस अघिको आर्थिक बर्षमा पनि गाउँपालिकाले विभिन्न शिर्षकमा सामाग्रीहरु वितरण गरेको थियो । आर्थिक बर्ष २०८०/०८१ को लागि ३ लाख रुपैया बजेट रहेको बताईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...