News Portal

रेडियो सुन्नुहोस्

आहा ! नौबहिनीको प्रशासकीय भवन

झुलेनी नेटवर्क२०८० भदौ २६
९२६ पटक
२०८० भदौ २६

प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ साल असार ११ मा निर्माण थालिएको भवन निर्मांण अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । प्रशासकीय भवनको उद्घाटन असोजमा गर्ने गरी तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

८ करोड ३४ लाख ८८ हजार ७ सय १९ रुपैयाँ लागत अनुमान गरिएको भवन ६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपैयाँ ९ पैसामा ठेक्का भएर निर्माण भएको पालिकाले जनाएको छ । भवन निर्माणको ठेक्का रविना/आँशु /मल्लरानी जेभीले २०७९ मंसिर १५ मा सम्पन्न गर्ने गरी लिएको थियो । नौबहिनी गाउँपालिकाले हाल भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।भवन निर्माण भएपछि कार्यसम्पादनमा सुधार हुने आसा गरिएको पालिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा.वि.स. स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर बनेको नौबहिनी गाउँपालिकाको सुन्दर र आर्कषक भवन निर्माणसँगै पालिकाबासीले सर्वसुलभ र छिटोछरितो सेवा पाउने आशा गरेका छन् । पालिकाको चिटिक्क भवन जस्तै सेवाग्राहीले पनि पालिकाको भवनबाट मुस्कान सहितको सेवा पाउने आशा गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विपद् पूर्वको तयारी आवश्यक

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र...

घुम्नजाऔँ गौमुखी शुभारम्भ

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण...

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान...

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...

गणतन्त्र दिवसमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन

गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन गरिएको छ। प्यूठान नगरपालिकाको आयोजनामा दिवसको अवसरमा दीप...