News Portal

रेडियो सुन्नुहोस्

हातको रड जिल्लामै निकाल्न पाँउदा कृष्णाको अनुहारमा आएको खुसी

बोम बहादुर परियार२०८० असोज १३
६६१ पटक
२०८० असोज १३

गौमुखी गाउँपालिका ४ पुँजाकी २२ बर्षिय कृष्णा घर्ति क्षेत्रीको डेढ बर्ष अघि लडेर दाँया हात भाँचिएको थियो । त्यसपछि उनको हातमा रड राखियो ।

हातको रड झिक्ने समय पुगेपछि उनी बिहिबार आफ्नी नन्द ललितालाई लिएर प्युठान अस्पताल पुगेकी थिइन । उनीआफैमा बिरामी छिन, साथमा उनको दुधे बालक पनि छ । प्युठान अस्पतालमा बिशेषज्ञ डाक्टर आएकोबारे उनलाई थाहा थिएन । प्युठान अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.राजेन्द्र पौडेलले रड प्युठान अस्पतालबाटै निकाल्ने भनेपछि कृष्णा खुसी भइन ।


शुक्रबार कृष्णाको हातको रड सफलतापुर्वक निकालिएको डाक्टर पौडेलले बताए । उनले भने,- बिरामीले जिल्लामै विशेषज्ञ सेवा पाउदा लाखौ खर्च जोगिएको छ ।
कृष्णाको आर्थिक अबस्था कमजोर भएको हुँदा अस्पतालबाट केहि सहुलितमा उपचार गएिको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीलाई शनिबार अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टर पौडलले जानकारी दिए ।
त्यस्तै प्युठान अस्पतालमा सेवा लिन पुगेका गौमुखी गाँउपालिकाका अर्का सेवाग्राही सिताराम के.सीले अस्पतालको बिशेषज्ञ सेवा दुर्गमका नागरीकहरुको सबैभन्दा ठुलो खुसी रहेको बताएका छन ।
अहिले अस्पतालको सेवा प्रवाह बढेसंगै बिरामीहरुको चाँप समेत ह्वात्तै बढेको अस्पताल श्रोतले जनाएको छ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...