News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा १ लाख बढिले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

बिबश जि.एम२०८० असोज २७
५७१ पटक
२०८० असोज २७

प्यूठान जिल्लामा हालसम्म साढे १ लाख बढिले राष्ट्रिय परिचयपत्रको लागि आवेदन दिएका छन् । आर्थिक बर्ष २०७७/०७८ देखि सुरु गरिएको राष्ट्रिय परिचय पत्र २०८० असोज १८ गतेसम्ममा १ लाख ७ हजार ८ सय ३४ जनाले फर्म भरेको जिल्ला प्रशासन कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषालका अनुसार पुरुष ७३ हजार ६ सय २३ र महिला ३४ हजार २ सय ११ रहेका छन् । हालसम्म २ हजार २ सय १४ जनाको राष्ट्रिय परिचयपत्र जिल्लामा प्राप्त भईसकेको छ । जसमध्य ५४ पुरुष र १९ महिला गरि ७३ जनाले परिचयपत्र पाइसकेको भुषालले जानकारी दिए । उनका अनुसार नयाँ नागरिकता लिने व्यक्तिहरु सबैले राष्ट्रिय परिचयपत्र बनाउदै आएका छन् ।

जनताको सहजताका लागि जिल्ला प्रशासन कार्यालय प्यूठानले राष्ट्रिय परिचयपत्र बनाउन जिल्लाका ६४ वटै वडामा शिविर समेत सञ्चालन गरेको थियो । शिविरबाट धेरैले राष्ट्रिय परिचयपत्र बनाउनका लागि आवेदन दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...