News Portal

रेडियो सुन्नुहोस्

एमालेको कार्यशैली देखेर गठबन्धन दलहरु आत्तिएका छन : अध्यक्ष ओली

झुलेनी नेटवर्क२०८० असोज २८
६४७ पटक
२०८० असोज २८

नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको काम देखेर गठबन्धन दलहरु आत्तिएको बताए । आइतबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानले राखेको अगुवापंक्ति भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विपक्ष दलहरु आत्तिएर पिरोलिएको बताए । अरु पार्टीहरु चुनाव देखि चुनावसम्म र मन्त्री देखि मन्त्रीसम्म मात्र जाने सोच लिएर आएको बताउँदै अध्यक्ष ओलीले नेकपा एमाले पद भन्दा पनि कामलाई प्राथमिकतामा राखेर फरक ढङ्गले अगाडी बढ्ने बताए ।

प्यूठानको विकासमा संभावना धेरै छ, ‘ओलीले भने, यहाँको जमिन उर्वर र खेतियोग्य फाँट भएकाले बिकासको निम्ति जिल्लाले धेरै सम्भावना बोकेको छ । प्यूठानको विकास र निकासमा आफु तत्पर भएर लाग्ने बताउँदै यसमा आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन् । एमाले सिध्याउन सबै दलले पासो थापेको भएपनि त्यो पासोमा आफै परेको समेत उनले जिकिर गरे ।

ओलीले एक फरक प्रंसगमो कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको समेत बताए । उनले भने,‘ मध्यावधि चुनावमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्थ्यो त्यहीकारण जोसुकै भएपनि समर्थन गर्ने निर्णय गर्यौ ।’ २०८४ सालमा एमाले एक्लैले ५१ प्रतिशत बढि मत लिएर आफ्नो पार्टीलाई मजबुत बनाउन सबै कार्यकर्तालाई उनले आग्रह गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...