News Portal

रेडियो सुन्नुहोस्

को को भिड्दैछन आज महेश स्मृति क्रिकेट प्रतियोगितामा ? सुक्रवारको नतिजासहित

सिखबर संवाददाता१७ कार्तिक, प्यूठान
२५३६ पटक
१७ कार्तिक, प्यूठान

दोश्रो महेस स्मृति खुल्ला क्रिकेट प्रतियोगितामा आज शनिवारको खेलमा आयोजक टिम (ए) र पाण्डेडाडाको टिम पहिलो चरणमा भिड्दै छन्।

दोश्रो चरणमा राईजिड्ड स्टार वाग्दुला र सगरमाथा युवा क्लव अर्घाखाचिविच प्रतिष्पर्धा हुनेछ।, क्रिकेट संघ रोल्पा र प्यूठान नगरपालीका ८ धर्मावति तेश्रो, स्वर्गद्धारी नगरपालीका खेलकुद विकास समन्वय समिति र माण्डवि गाउंपालीका खेलकुद विकास समन्वय समिति चौथो, विआरओन विजुवार र प्यूठान नगरपालीका ९ मरन्ठाना पाचौ टिमको रुपमा भिडने अनेरास्ववियुका सचिव जाल वहादुर केसिले वताए।।

सुक्रवारको खेलमा ग्लोवल युथ क्लव राप्ती गाउपालीका भालुवाड्डले घोराहि क्रिकेट एकेडमिलाई ११ रनको अन्तरले पराजित गरेको थियो।

वाह्र ओभरकोमा सुक्रवारदेखि जारी खेलमा २७ टिमको सहभागिता रहेको छ। प्रथम पुरस्कार ५० हजार मेडल र प्रमाणपत्र, दोश्रो पुरस्कार नगद २० हजार मेडल र प्रमाणपत्र रहेको प्रतियोगिता अखिल क्रान्तिकारी र अनेरास्ववियु प्यूठानको संयुक्त आयोजनामा चलिरहेको छ। गाडि दुर्घटनामा ज्यान गुमाएका अखिल क्रान्तिकारीका तत्कालिन सदस्य महेश विकको संझनामा दुई संगठनले प्रतियोगिता आयोजना गरेका हुन। पार्टी एकता भईसकेपछी एकताको भावना र सम्वन्ध प्रगाढ वनाउन विगतमा क्रान्तिकारीले आयोजना गर्ने क्रिकेट प्रतियोगिता संयुक्त रुपमा आयोजना गरिएको अनेरास्ववियुका सचिव जाल वहादुर केसिले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...