News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पनि जेठ नागरिकलाई यातायातमा ५० प्रतिसत छुट

सिखबर संवाददाता१७ कार्तिक, प्यूठान
१२०५ पटक
१७ कार्तिक, प्यूठान

अवदेखि जिल्लामा जेष्ठ नागरिकले सार्वजनिक यातायातमा ५० प्रतिसत छुट पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय प्यूठानमा भएको सरोकारवाला विचको वैठकले जेष्ठ नागरिकलाई प्राप्त प्रमाणपत्रको आधारमा सावैजनिक यातायातमा ५० प्रतिसत छुट दिने निर्णय गरेको छ।

जेष्ठ नागरिक ऐन २०७३ को दफा ९ को उपदफा २ मा जेष्ठ नागरिकलाई छुट दिने व्यवस्था कार्यन्वयनका लागि जेष्ठ नागरिकलाई सार्वजनिक यातायातमा छुट दिने निर्णय भएको हो। जिल्लाभित्र र जिल्लावाट वाहिर जाने सार्वजनिक सवारीमा दुई सिट जेष्ठ नागरिकका लागि सुरक्षित गर्ने सहमति भएको छ।

लामो दुरीमा यात्रा गर्ने जेष्ठ नागरिकले भने गाडि छुटनु दुई घण्टा अगाडि सम्वन्धित काउन्टरमा खवर राख्नुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैह्रेले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...