गएराति ११ बजेर ४७ मिनेटमा आएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको मृत्यु भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार बिहान ७ बजेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
धेरै घाइते भएका र उद्धारको काम भैरहेको उनको भनाई छ । उनिका अनुसार भूकम्पका कारण सयौँ घर समेत भत्किएका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटसहित छिमेकी जिल्ला रुकुम पश्चिममा पनि ठूलो क्षति भएको छ ।