News Portal

रेडियो सुन्नुहोस्

बहाने स्याउलीबाङ सडक स्तरोन्नती गर्दै नौबहिनी

बिबश जि.एम२०८० कात्तिक २१
४२७ पटक
२०८० कात्तिक २१

बहाने स्याउलीबाङ सडक निर्माण कार्यका लागि प्रकिया अगाडी बढाइएको छ । नौबहिनी गाउँपालिकाको आयोजनामा मंगलबार नौबहिनी गाउँपालिका–१ स्याउलाबाङ र नौबहिनी–४ मुलघाटमा प्रारम्भिक वातावरण परिक्षण (आइ.इ.इ.) रिर्पोट तयारीको लागि भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो निर्णय गरेको नौबहिनी गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ । बहाने देखि नौबहिनी गाउँपालिका ४,२ हुँदै १ नं वडा स्याउलीबाङ पुग्ने मोटरबाटोको स्तरोन्नतीको लागि यो प्रक्रिया अगाडी बढाएको बताईएको छ ।

बहाने देखि स्याउलीबाङ सडक (२३ किलोमिटर ) स्तरोन्नतीका लागि आइ.इ.इ. रिर्पोट तयारी भइसकेपछि सडक पुर्वाधार कार्यालय मार्फत ४२ करोड बराबरको टेण्डर आव्हान गर्ने भएको छ । उक्त स्तरोन्नतीको कार्यलाई ३ बर्षभित्र निर्माण कार्य सक्ने गरि बजेट स्वीकृत भएको छ । बर्षौ देखि सो बाटोमा स्याउलीबाङका स्थानीयलाई बर्खाको समयमा यात्रा गर्न निकै कठिनाई हुँदै आएको छ । स्तरोन्नती कार्य सम्पन्न पछि स्याउलीबाङसम्म सहज रूपमा आवतजावत गर्न सकिने गाउँपालिकाले विश्वास लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...