News Portal

रेडियो सुन्नुहोस्

विना विलको खाद्यान्न नबोक्न स्वर्गद्धारी गौमुखी यातायात प्रा.लि प्यूठानको आग्रह

बिबश जि.एम२०८० कात्तिक २६
२२१ पटक
२०८० कात्तिक २६

स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि प्यूठानले प्रा.लि अन्र्तगत संचालित गाडीहरुलाई विना विलको खाद्यान्न नबोक्न भनेको छ । आज आइतबार बसेको प्रा.लिको बैठकले यस्तो निष्कर्ष निकालेपछि एक सूचना मार्फत जानकारी गराएको हो । साथै कानुनले बन्देज गरेका सामानहरु समेत ओसारपसार नगर्न आग्रह गरेको छ ।

आफ्नो प्रालिका गाडीहरु कानुनी झमेलामा पर्न सक्ने भन्दै सचेत गराउनको लागि अखाद्य सामान, विना विलको खाद्यान्न र कानुनले बन्देज गरेका सामान ओसारपसार नगर्न भनि सूचना निकालिएको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि प्यूठानका सहाय कार्यालय प्रमुख विकास सुवेदीले जानकारी दिए । उनका अनुसार यदि सूचनालाई अटेर गरी त्यस्ता मालसामान बोकेको खण्डमा कानुनी कार्वाहीमा प्रा.लि जवाफदेही नहुने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युद्ध महान् थियो भने त्यो बाटो किन छोडेको ?: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै माओवादीलाइ प्रश्न...

युद्धलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिनु संविधान विपरीत: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गर्ने अभिव्यक्ति संविधान विपरीत रहेको...

हुनुपर्ने काम रोक्ने र नहुनुपर्ने काम भइराख्ने नहोस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न ...

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ ।...

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको...