News Portal

रेडियो सुन्नुहोस्

माझी साहित्य समूहले रचना वाचन कार्यक्रम गर्दै

सिखबर संवाददाताकार्तिक १७ प्यूठान
१६१६ पटक
कार्तिक १७ प्यूठान

माझी साहित्य समूह, नेपालको आयोजनामा प्यूठानमा यही काक्तिक २० गते रचना वाचन एवं तिहारको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम हुन लागेको छ । २०-२२ युवाहरू अभियन्ता रहेको यस समूहको यो पहिलो कार्यक्रम पनि हो ।

पछिल्लो समय प्यूठानको साहित्य, साहित्यिक गतिबिधी एवं साहित्य सम्बन्धमा बिचार, बिमर्श कम भइरहेको महशुस गरेर जिल्ला, जिल्ला बाहिर एवं रोजगारीको शिलशिलामा परदेसमा बस्ने २०-२२ युवा कबि एवं साहित्यकारहरूको समूहले माझी साहित्य समूह, नेपाल नाम दिएर यस्तो कार्यक्रम गर्न लागेको हो । घनश्याम अस्तित्व, यमुना मगर, सिताराम के.सी., तिलक अधिकारी, रमेश पोख्रेल, राज एकान्त, सौगात अधिकारी, राज अधिकारी, किस्बिन के.सी, सलिम अन्सारी, युवराज भण्डारी, महेश थापा, सन्तोस सफल प्रेमी, छबिलाल उत्सब, आशा वली, दोर्ण घर्तिमगर, श्यामकुमार क्षेत्री, लिला पुनमगर, भिम पुन, शिशिर के.सी., सिर्जु ठकुरी, केसबराज बसेल, युबराज दर्पण, रबिन श्रिपाली, माधब मगर, लक्ष्मी मगर, सि.टि. मगर, किरणरवी अधिकारी लगायत साहित्यका बिबिध बिधामा कलम चलाउने युवा साहित्यकारहरू यो समूहमा आबद्व हुनुहुन्छ ।

धेरै युवाहरू लेखनमा सक्रिय भइरहेको तर लेखनसंग सम्बन्धित आवश्यक गतिबिधिहरू प्यूठानमा शुन्य जस्तै अवस्थामा रहेको कारण यो समूहको आवश्यकता परेको समूहका अभियन्ता घनश्याम अस्तित्वले बताउनु भयो । राजधानी र प्यूठानको साहित्य जोड्नलाई यो समूहले पुलको काम गर्ने उहाँले बताउनुभयो ।उक्त कार्यक्रममा उपस्थित भइदिनुहुनका लागि पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजिबी, जनप्रतिनिधी लगायत सबैलाई समूहका अभियन्ता घनश्याम अस्तित्वले आग्रह गर्नुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...