News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा देउसी भैलोबाट उठेको रकम बिपन्न परिवारलाइ दिइयो

बोम बहादुर परियार २०८० मंसिर ५
५५९ पटक
२०८० मंसिर ५

प्यूठानको ऐरावती गाउँपालिका वडा न. ५ का यूवाहरुले तिहारमा देउसी भैलो खेली उठेको रकम बिपन्न परिवारका सदस्यलाई सहयोग गरेका छन ।
स्थानीय सुदन बावु थापाको नेतृत्वमा युवाहरुले भैलो खेलेर ३० हजार ६ सय २५ रुपैया रकम संकलन गरेका थिए । उक्त रकमबाट स्थानीय २ घरका बिपन्न परिवारलाई सहयोग गरिएको हो ।


स्वर्गिय हुम बहादुर पुनको श्रीमती बाटुला पुनलाई २४ हजार नगद, चामल, तेल र वालवालिकाको लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको महेन्द्र माध्यमिक बिद्यालय सरङवेसीका पुर्व बिद्यालय व्यबस्थापन समिती अध्यक्ष एवम भैलो समितीका प्रमुख सुदन बावु थापाले बताए ।


त्यस्तै स्थानीय अर्का श्रीमान गुमाएकि एकल महिला विस्नु थापा लाई पनि चामल तेल र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।
आर्थिक अवस्था कमजोर भएका विभिन्न परिवारका व्यक्तिहरुलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले स्थानीयको सक्रियतामा देउसी भैलो खेलिएको स्थानीय सुदन बाबू थापाले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...