प्यूठानमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका ६ लिवाङका ३६ बर्षका बिमल खड्काको भिरबाट लडेर मृत्यु भएको हो ।
घरबाट निस्केर गाउँ जान लागेको बेला घरदेखि २ सय ५० मिटर टाढाको दुरीमा रहेको भिरबाट झण्डै १ सय ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । मंगलबार साझ ५ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खड्काको शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवारको ल्याईएको छ ।