News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा शल्यक्रियामार्फत प्रसुति हुनेको संख्या बढ्दै

झुलेनी पोष्ट२०८० मंसिर १२
५९५ पटक
२०८० मंसिर १२

प्युठान अस्पताल बिजुवारमा शल्यक्रिया मार्फत बच्चा जन्माउनेको संख्यामा बृद्धि भएको छ ।
चालु आर्थिक बर्षको साउनदेखि यता १ सय ५६ जनाको शल्यक्रिया मार्फत प्रसुती गराईएको अस्पतालले जनाएको छ। गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको मंसिर पहिलो हप्तासम्मको तथ्यांक अनुसार शल्यक्रिया मार्फत बच्चा जन्माउनेको संख्यामा वृद्धि भएको पाईएको हो ।

गत आर्थिक बर्षमा ३ सय १७ जनाको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो।शल्यक्रियामार्फत बच्चा जन्माउनेहरुमा प्युठान नगरपालिकाको ४०,स्वर्गद्धारी नगरपालिकाको १८, नौवहिनी गाउँपालिकाको १४,झिमरुक गाउँपालिकाको १२, ऐरावती गाउँपालिकाको ११, मान्डवी गाउँपालिकाको ९, मल्लरानी गाउँपालिकाको ९ , गौमुखी गाउँपालिकाको ९, सरुमारानी गाउँपालिकाको ३ र रोल्पाका ३१ जना गरी १ सय ५६ जनाको अस्पतालबाट शल्यक्रिया मार्फत प्रसुती गराईएको हो।

जिल्लाका ९ वटै स्थानीय तह मध्ये प्युठान नगरपालिकाको सवैभन्दा बढि शल्यक्रिया मार्फत प्रसुति गराईएको प्युठान अस्पतालको शल्यक्रिया बिभागमा कार्यरत स्टाफ नर्स प्रतिक्षा न्यौपानेले बताइन । पाठेघर भन्दा बाहिर वच्चा रहेको एकजनाको शल्यक्रिया गरिएको छ ।
जिल्लामा बिशेषज्ञ सेवा सुचारु भए पश्चात बिरामीको संख्या ह्वात्तै वृद्धि भएको र जिल्ला बाहिर जानुपर्ने बाध्यतामा समेत कमी आएको अस्पतालले जनाएको छ । साथै पछिल्लो समय अस्पतालमा मातृ मृत्युको संख्या पनि सुन्य रहेको अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले बताईन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...