News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा शल्यक्रियामार्फत प्रसुति हुनेको संख्या बढ्दै

झुलेनी पोष्ट२०८० मंसिर १२
४४४ पटक
२०८० मंसिर १२

प्युठान अस्पताल बिजुवारमा शल्यक्रिया मार्फत बच्चा जन्माउनेको संख्यामा बृद्धि भएको छ ।
चालु आर्थिक बर्षको साउनदेखि यता १ सय ५६ जनाको शल्यक्रिया मार्फत प्रसुती गराईएको अस्पतालले जनाएको छ। गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको मंसिर पहिलो हप्तासम्मको तथ्यांक अनुसार शल्यक्रिया मार्फत बच्चा जन्माउनेको संख्यामा वृद्धि भएको पाईएको हो ।

गत आर्थिक बर्षमा ३ सय १७ जनाको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो।शल्यक्रियामार्फत बच्चा जन्माउनेहरुमा प्युठान नगरपालिकाको ४०,स्वर्गद्धारी नगरपालिकाको १८, नौवहिनी गाउँपालिकाको १४,झिमरुक गाउँपालिकाको १२, ऐरावती गाउँपालिकाको ११, मान्डवी गाउँपालिकाको ९, मल्लरानी गाउँपालिकाको ९ , गौमुखी गाउँपालिकाको ९, सरुमारानी गाउँपालिकाको ३ र रोल्पाका ३१ जना गरी १ सय ५६ जनाको अस्पतालबाट शल्यक्रिया मार्फत प्रसुती गराईएको हो।

जिल्लाका ९ वटै स्थानीय तह मध्ये प्युठान नगरपालिकाको सवैभन्दा बढि शल्यक्रिया मार्फत प्रसुति गराईएको प्युठान अस्पतालको शल्यक्रिया बिभागमा कार्यरत स्टाफ नर्स प्रतिक्षा न्यौपानेले बताइन । पाठेघर भन्दा बाहिर वच्चा रहेको एकजनाको शल्यक्रिया गरिएको छ ।
जिल्लामा बिशेषज्ञ सेवा सुचारु भए पश्चात बिरामीको संख्या ह्वात्तै वृद्धि भएको र जिल्ला बाहिर जानुपर्ने बाध्यतामा समेत कमी आएको अस्पतालले जनाएको छ । साथै पछिल्लो समय अस्पतालमा मातृ मृत्युको संख्या पनि सुन्य रहेको अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले बताईन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...