News Portal

रेडियो सुन्नुहोस्

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु

झुलेनी नेटवर्क२०८० मंसिर १४
६४७ पटक
२०८० मंसिर १४

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने प्रमुख नारासहित राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिताा २०८० बिहिबारबाट सुरु भएको हो । खेल माण्डवी गाउँपालिकाको मार्सिवाङ खेल मैदानमा सञ्चालन भएको छ ।

गाउँपालिकाले २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगितालाई राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । जिल्लाको झिमरुक गाउँपालिका बाहेक ८ स्थानीय तह, छिमेकी जिल्ला रोल्पा, दाङ, गुल्मी र बाग्लुङ सहित १३ टिमको सहभागिता रहेको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए । उनका अनुसार खेललाई ३ भागमा विभाजन गरिएको छ । जसअनुसार खेल लिक कम नकआउट हुने छ ।
भलिबल प्रतियोगिताको उद्घाटन गर्दै संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले खेल मानव स्वास्थ्यको लागि अपरिहार्य भएको बताएका छन् । खेल व्यक्तिगत जिवनको लागि मात्र नभई सिंगो राष्ट्रको लागि समेत महत्वपूर्ण भएकाले यसको लागि खेल क्षेत्रलाई विकास गर्न आवश्यक रहेको औल्याएका हुन् ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख दुर्गा रेग्मी, प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगि, नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता तथा माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारीले उद्घाटन समारोहलाई समापन गर्दै खेल क्षेत्रको महत्त्वलाई आत्मसात गर्दै खेलाडिहरुलाई उजागर गर्नका लागि पालिकाले कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रम भोलि शुक्रबार सम्म चल्ने आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...