News Portal

रेडियो सुन्नुहोस्

गाउँ गाउँमा स्वास्थ्यकर्मी ,घर घरमा स्वास्थ्य सेवा

झुलेनी पोष्ट२०८० मंसिर २६
६९४ पटक
२०८० मंसिर २६

प्यूठानमा जेष्ठ तथा अशक्तता (क र ख वर्गका)भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा स्थानीय तहहरुको सहकार्यमा मंसिर २४ गतेदेखि ३० गते सम्म यो कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ।

८० बर्ष माथिका जेष्ठ तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम अन्तरगत यो कार्यक्रम सुरु गरिएको हो । यो अवधिभर प्यूठान जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट घरमै गई निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिईनेछ । कार्यक्रम अवधिभर स्वास्थ्यकर्मीहरु नागरिकहरुको घरदैलोमा पुगी सामान्य स्वास्थ्य परिक्षण गरिने स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन अधिकृत कोशलराज बैद्यले जानकारी दिए । उनका अनुसार ८० बर्ष माथिका जेष्ठ तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण,परामर्श सेवा,रक्तचाप,सुगर र पिसाबको परिक्षण गरिएको छ ।
प्यूठान जिल्लामा हाल ८० बर्षमाथिका २ हजार १ सय ७६ जना जेष्ठ नागरिक रहेको स्वास्थ्य कार्यालय प्यूठानको तथ्यांकमा उल्लेख छ। त्यस्तै तथ्यांक अनुसार क वर्गको अशक्तता भएका २ सय ७६ र ख वर्गको अशक्तता भएका १ हजार ३ सय ४ जना नागरिक रहेका छन् । कार्यक्रमको अवधिभर ३ हजार ७ सय ५६ जना ८० बर्ष माथिका जेष्ठ नागरिक तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । प्रमुख पाण्डेले मंसिर १३ गते जिल्लास्थित सरोकारवालाहरुको बैठक बसी यस्तो निर्णय गरेको बताए। जिल्लाका नौ वटै स्थानीय तहहरुमा प्रभावकारी रुपमा सञ्चालन भईरहेको प्रमुख पाण्डेको भनाई छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...