News Portal

रेडियो सुन्नुहोस्

गाउँ गाउँमा स्वास्थ्यकर्मी ,घर घरमा स्वास्थ्य सेवा

झुलेनी पोष्ट२०८० मंसिर २६
७३३ पटक
२०८० मंसिर २६

प्यूठानमा जेष्ठ तथा अशक्तता (क र ख वर्गका)भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा स्थानीय तहहरुको सहकार्यमा मंसिर २४ गतेदेखि ३० गते सम्म यो कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ।

८० बर्ष माथिका जेष्ठ तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम अन्तरगत यो कार्यक्रम सुरु गरिएको हो । यो अवधिभर प्यूठान जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट घरमै गई निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिईनेछ । कार्यक्रम अवधिभर स्वास्थ्यकर्मीहरु नागरिकहरुको घरदैलोमा पुगी सामान्य स्वास्थ्य परिक्षण गरिने स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन अधिकृत कोशलराज बैद्यले जानकारी दिए । उनका अनुसार ८० बर्ष माथिका जेष्ठ तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण,परामर्श सेवा,रक्तचाप,सुगर र पिसाबको परिक्षण गरिएको छ ।
प्यूठान जिल्लामा हाल ८० बर्षमाथिका २ हजार १ सय ७६ जना जेष्ठ नागरिक रहेको स्वास्थ्य कार्यालय प्यूठानको तथ्यांकमा उल्लेख छ। त्यस्तै तथ्यांक अनुसार क वर्गको अशक्तता भएका २ सय ७६ र ख वर्गको अशक्तता भएका १ हजार ३ सय ४ जना नागरिक रहेका छन् । कार्यक्रमको अवधिभर ३ हजार ७ सय ५६ जना ८० बर्ष माथिका जेष्ठ नागरिक तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । प्रमुख पाण्डेले मंसिर १३ गते जिल्लास्थित सरोकारवालाहरुको बैठक बसी यस्तो निर्णय गरेको बताए। जिल्लाका नौ वटै स्थानीय तहहरुमा प्रभावकारी रुपमा सञ्चालन भईरहेको प्रमुख पाण्डेको भनाई छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...