News Portal

रेडियो सुन्नुहोस्

जसले बनाए बिजुवारको कालिका मन्दिर

गिरुप्रसाद भण्डारी२०८० पुस १३
१५०२ पटक
२०८० पुस १३

प्यूठान–साविकको बिजुवार गाविस ७ टारीका गोपाल र रमा भण्डारी बसाई सरेर कैलालीको धनगढी गएको ५४ वर्ष बढिभयो । साथीभाई दौतरीलेसंगै खेलेको, डुलेको भुलिसकेहोलान् । तर,उनीहरुले आफ्नो जन्मथलो,साथीभाई भुल्न सकेनन् । २०२६ सालमा बसाईसरेका गोपाल भण्डारीले पाँच दशकपछि जन्मथलोको मायाले प्यूठान नगरपालिका–४, बिजुवार स्थित कालिका भगवती मन्दिर लाखौँ रुपैयाँ खर्च गरेर पूनर्रनिर्माण गरेका छन् ।

बिजुवारका स्थानीय बिज्ञानबहादुर कर्मचार्यको आग्रहमा पूरातत्व विभागको डिजाइन स्टिमेट अनुसार ६ सय वर्ष पूरानो कालिका भगवतीको मन्दिर भण्डारी परिवारले निर्माण गरेका हुन् । गोपाल र रमा भण्डारीले ५० लाख बढि रकम खर्च गरेर कालिका भगवतीको मन्दिर निर्माण गरेको प्यूठान नगरपालिकाका निवर्तमान नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

२०७६ सालबाट निर्माण थालेको मन्दिर हिजोआज निर्माण सम्पन्न भएर रङरोगनले चिटिक्क देखिएको छ । ‘जगदेखिनै सबै निर्माणको लागत हामीले व्यहोरेका छौ,’गोपाल भण्डारीले भने, ‘पूरानो डिजाइन अनुसार निर्माण गरिएको छ ।’ जन्मथलो र साथीभाईको मायाले सधैंको सम्झनाको लागि मन्दिर निर्माण गरेको ७७ वर्षीय गोपाल र ७१ वर्षीय रमाले सुनाए । ३ छोरा र १ छोरीहरुको सल्लाहमा प्यूठानको कालिका मन्दिर निर्माण गरेको रमाले बताइन् । मन्दिर निर्माणको चरणमा रेखदेख गर्न रमा र गोपाल आफै खटेको स्थानीय शरेन्द्रराज अधिकारीले बताए ।

जिल्लाको मुख्य बजारी केन्द्र मानिने बिजुवारको कालिका मन्दिरमा दसै तिहार, चैते दसै, माघेसक्रान्ति लगायत मुख्य/मुख्य चाडपर्वमा ठूलो संख्यामा भक्तजन कालिका भगवतीको दर्शनका लागि आउने गर्दछन् । यो भन्दा पहिले यो मन्दिर जिर्ण हुँदा साविक बिजुवार ७ टारीकै दुर्गाप्रसाद सुबेदीले मन्दिर मर्मत गरेको शिलालेखमा उल्लेख छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...