News Portal

रेडियो सुन्नुहोस्

प्यूठान र रोल्पाको स्वास्थ्य कार्यालयको उद्घाटन

बोमबहादुर परियार१७ मंसिर, प्यूठान ।
१५९८ पटक
१७ मंसिर, प्यूठान ।

दुइ जिल्लालाई सेवा प्रवाह हुने गरि प्युठानमा स्वास्थ्य कार्यालयको स्थापना गरिएको छ । प्यूठान र रोल्पा जिल्लामा सेवा प्रवाह गर्ने उक्त कार्यालयको सोमबार जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशबराज आचार्यले उद्घाटन गरेका थिए ।

नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार ७७ जिल्लामा रहेका जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालय मध्य ३५ वटा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । प्युठानमा स्थापना भएको स्वास्थ्य कार्यालयले रोल्पा जिल्लाका बासिन्दालाई पनि सेवा दिने स्वास्थ्य कार्यालयका प्रमुख विसाल सुबेदीले जानकारी दिए । प्युठानका २ लाख ४० हजार ३ सय २ र रोल्पाका २ लाख ३५ हजार ९ सय ३ गरि ४ लाख ७६ हजार २ सय ५ जना सेवाग्राहीलाई सेवा दिईने उनले बताए । प्रदेश नंम्बर ५ मा १२ जिल्ला मध्य ६ वटा स्वास्थ्य कार्यालय हुने गरि प्युठानमा पनि स्वास्थ्य कार्यालय स्थापना गरिएको हो । प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा, प्रत्यक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक, प्रत्येक नागरिकलाई समान पहुँचको हक र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँच हुने गरि कार्यालय स्थापना गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय प्युठानको सभाहलमा भएको कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुबेदीले साविकको जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालनमा आईरहेका सम्पूर्ण सेवाहरु हाँल स्थापना भएको स्वास्थ्य कार्यालयबाट पनि प्रदान गरिने बताए । उनका अनुसार निशुल्क औषधी आपूर्ति, नियमित खोप, विभिन्न जनस्वास्थ्य सम्बन्धि गतिविधि, राष्ट्रिय अभियानका कार्यक्रम समेत कार्यालयले सञ्चालन गर्ने उनले जानकारी दिए । प्रदेश नंम्बर ५ अन्र्तगत प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय मातहतमा स्वास्थ्य कार्यालयहरु सञ्चालन हुने उनको भनाई छ ।

कार्यालय उद्घाटनमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले सबै स्थानिय निकायहरु संग सहकार्य गर्दै स्वास्थ्य कार्यालय प्युठानले आफ्ना स्वास्थ्य सम्बन्धि गतिविधिहरु अगाडी वढाउनुपर्ने बताए । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले पहिलेको जनस्वास्थ्य कार्यालयबाट दिएका सम्पूर्ण सेवाहरु हाँलको स्वास्थ्य कार्यालयबाट दिनुपर्ने बताए । साथै कार्यक्रम स्वास्थ्य सम्वन्धि विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन कौशल बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...