News Portal

रेडियो सुन्नुहोस्

तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार, भारतीय नागरिक पक्राउ

सिखबर संवाददाता१८ मंसिर, काठमाडौं
९०८ पटक
१८ मंसिर, काठमाडौं

काठमाडौं–९, तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतको बिहार घर भइ हाल तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।

सोमबार दिउँसो वाग्लेमाथि खुकुरी प्रहार भएलगत्तै उनलाई ओम अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार जारी छ । ‘अहिले उहाँ खतरामुक्त हुनुहुन्छ’, डीएसपी मल्लले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले अहिलेसम्म वाग्लेमाथि किन खुकुरी प्रहार भयो भन्ने पत्ता लगाउन सकेको छैन । पक्राउ परेका भारतीय नागरिकले पनि पटकपटक बयान फेरिरहेका छन् ।

वृत्तका एक अधिकारीले भने, ‘उसले कहिले कसैले खुकुरी हान पैसा दिन्छु भनेको बताउँछ भने कहिले आफैं ठोक्किएको भन्छ । विस्तृत बुझ्ने काम भइरहेको छ ।’

अहिले वृत्तमा पीडित र पीडक पक्षबीच छलफल समेत भइरहेको स्रोतले बतायो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...