News Portal

रेडियो सुन्नुहोस्

साहित्य परिषद प्यूठानको २९औं स्थापना दिवस जुम्रीमा सम्पन्न

बिबश जि.एम२०८० माघ ०३
६७५ पटक
२०८० माघ ०३

साहित्य परिषद प्यूठानको २९औं स्थापना दिवस, सष्ट्रा सम्मान एवम् वार्षिक साहित्य परिषद जुम्रीमा सम्पन्न भएको छ । बुधबार २९औं स्थापना दिवस मनाउँदै साहित्य परिषद प्यूठानले ७ जनालाई सम्मान गरेको छ ।

सम्मान हुनेमा भूपेन्द्र स्मृति साहित्य पुरस्कारबाट नेपाल बाल साहित्य समाजका महासचिव बिजयराज आचार्य, शशिधर भण्डारी, ठइदेबी साहित्य पत्रकारिता पुरस्कारबाट सुशिल पोख्रेल, नीना साहित्य पुरस्कारबाट सीता बि.क (सम्झना), कप्तान नरलिला स्मृति पुरस्कारबाट राम प्रसाद पोख्रेल, नवप्रतिभा साहित्य पुरस्कारबाट लोकेन्द्र जि.सी लाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद निमा गिरीले साहित्यमा माया प्रेमका कथा मात्र नआउने बताएकी छिन् । बुधबार साहित्य परिषद प्यूठानको २९औं स्थापना दिवस, स्रष्टा सम्मान एवम् वार्षिक साहित्य परिषदलाई सम्बोधन गर्दै गिरीले यस्तो बताएकी हुन् । साहित्यसँग अर्थ, आर्थिक साहित्य हुने भएकाले एउटा मात्र अर्थमा साहित्यलाई परिभाषित गर्न नसकिने उनले बताईन् । साहित्य मार्फत प्रचारप्रसार गरेर लुेकेर रहेका हरेक चिजलाई बाहिर पर्यटनसँग जोड्न सकेमा आर्थिक उपार्जन गर्न सकिने सासंद गिरीको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले साहित्यकारहरुले आफ्नो रचना जोगाउन आवश्यक रहेको बताए । पछिल्लो समय एउटाले सिर्जना गरेको रचना अर्कोले प्रस्तुत गर्दा रचनाकार नै पछि पर्नुपर्ने वा आर्थिक उपार्जनमा स्वयम रचनाकारलाई असर पुग्ने बताउँदै प्रजिअ अर्यालले त्यसमा साहित्यकार स्वयम चनाखो बन्नुपर्ने बताएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि।सीले साहित्य परिषदले यतिमात्र नभई यस्ता कार्यक्रमलाई अगाडी बढाउनको निम्ति सबैसँग सहयोग लिन आग्रह गरेका छन् । जिल्ला समन्वयसँग पनि हातेमाले गरेर अघि बढ्न खोजेमा त्यसको लागि जि।स।स सधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरे।

साहित्य परिषद प्यूठानका सचिव धुर्व जि।सीले साङ्ठनिक प्रतिबेदन पेस गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजकुमारी खड्काले प्रस्तुत गरेकी थिइन् । कार्यवाहक अध्यक्ष बिमला खनालको अध्यक्षता तथा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सांसद निमा गिरी, संस्थाका संस्थापक अध्यक्ष, विभिन्न संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, साहित्य सँग सम्बन्धित व्यक्ति लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा साहित्य परिषद प्यूठानका सदस्य जायस्वर जैसी र लोकेन्द्र जिसीले सम्मानितहरुको लेख लेखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...