News Portal

रेडियो सुन्नुहोस्

गठबन्धन सरकार निकम्मा भयो ः एमाले अध्यक्ष ओली

झुलेनी नेटवर्क२०८० माघ ०४ काठ्माण्डौं
३३९ पटक
२०८० माघ ०४ काठ्माण्डौं

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्।
पार्टी निकट खेलकुद संगठनले बिहीबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन ।उनले जनताको बलमा मौजुदा सरकारविरूद्ध आन्दोलनको खाँचो रहेको बताए।

उनले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताए। विरोधीहरू एमालेविरूद्ध एक्लै लड्ने् आँट नगरेको भन्दै उनले यसमा गर्व गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षक भएको बताएका छन्। ‘कमिसनखोरी र त्यसको संरक्षण, तस्करी र त्यसको संरक्षण, आयोजक र संरक्षक छ सरकार!,’ उनले भने। उनले यस्तो स्थितिमा ‘मिसन २०८४’ भनेर पर्खन नसकिने बताए। जनताको बलमा आन्दोलन गर्नुपर्ने उनको भनाई छ । त्यसका लागि पार्टीलाई संगठित र अनुशासित बनाउनुपर्ने आवश्यकता रहेको ओलीले बताएका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...