News Portal

रेडियो सुन्नुहोस्

प्युठानबाट १६ मेट्रिक टन जडिबुटी निर्यात

सागर रिजालप्युठान,१८ मंसिर
१३४९ पटक
प्युठान,१८ मंसिर

प्यूठानमा जडिबुटीको निर्यात बढको छ । जिल्लाबाट गत आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तसम्ममा जिल्लाका विभिन्न वनबाट करिव १६ मेट्रिक टन जडिबुटी जिल्ला बाहिर निर्यात भएको छ । जिल्लाका वनबाट विभिन्न प्रजातिका १ लाख ५८ हजार ३ सय १३ दशमलब ५ किलो जडिबुटी निर्यात भएको हो । गत बर्ष निर्यात नभएका विभिन्न जडिबुटी यस बर्ष निर्यात भएको जिल्ला डिभिजन बन कार्यालय प्यूठानले जानकारी दिएको छ ।

५४ हजार १ सय ९१ रुपियाँ राजश्व संकलन
जडिबुटी निकासीबाट ५४ हजार १ सय ९१ रुपैया राजस्व संकलन भएको छ । यस वर्ष सबैभन्दा धेरै टिमुर निकासी भएको डिभिजन बन कार्यालय प्यूठानका प्रमुख अम्बिका प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लाका व्यक्तिगत,निजी र राष्ट्रिय वनबाट टिमुर,रिठा,दालचिनीको बोक्रा,पात मलाय गेडी,काउलाको बोक्रा,चुत्रा तथा तेजपात,अल्लो धागो,पखनबेद,लोक्ता, साधारण च्याउ लगायतका जडीबुटी निकासी भएको छ ।

विभिन्न प्रकारका जडिवुटी निर्यात
यस वर्ष जिल्लाबाट विभिन्न प्रकारका जडिवुटी निर्यात गरिएको छ । १५ हजार २ सय ३८ किलोग्राम टिमुर, दालचिनीको बोक्रा र पात गरी कुल १ लाख ७ हजार ९ सय ७३ किलोग्राम,रिठा १२ हजार ८ सय ८० किलोग्राम निकासी भएको छ । ५ सय किलोगा्रम मलाय गेडी,११ हजार १० किलोगा्रम काउलाको बोक्रा,चुत्रो ५ हजार १ सय ८० किलोगा्रम,अमला १५० किलोगा्रम,अल्लोको धागो २ हजार ८ सय ७३ किलोग्राम,पखनबेद १ हजार ९ सय ६८ किलोगा्रम,लोक्ता ५२५ किलोगा्रम र साधारण च्याउ साढे १५ किलोगा्रम निकासी भएको छ । गत आर्थिक बर्ष २०७३÷०७४ मा १९ मेट्रिक टन जडिबुटी निर्यात भएको थियो ।

३ करोड भन्दा वढी मुल्यको जडिबुटी निकासा
डिभिजन बन कार्यालयका अनुसार यो अबधि सम्ममा ३ करोड भन्दा बढी मुल्य बराबरको जडीबुटी जिल्लाबाट निकासा भएको छ । उत्पादित जडिबुटी नेपालको कृष्णनगर,कपिलबस्तु र नेपालगञ्ज सहित भारतीय बजारमा समेत पुग्ने गरेको छ । जिल्लामा जडिबुटी उत्पादन र विस्तारको लागी ५ बर्षे कार्ययोजना बनाएर जिल्ला बन कार्यालय अघि बढेको डिभिजन बन कार्यालय प्यूठानकाप्रमुख अम्बिका प्रसाद पौडेलले बताउनुभयो । ‘कार्ययोजना लक्ष्य अनुसार जडिबुटी उत्पादन र निर्यात गर्ने नसकिएका छँैनौ तर किसानहरुले जडिबुटीबाट रामै्र आम्दानी गरेका छन ।’ यस वर्ष गत वर्षमा विक्रि नभएको साधारण च्याउ पनि निकासी भएको उहाँले बताउनुभयो ।
जिल्लामा जडिबुटी बिक्रीवाट राम्रो अम्दानी गरेका छन । यस वर्ष प्यूठानमा ८ सयदेखि १ हजारसम्म टिमुर विक्री गरेका छन् । वनमा आधारित बस्तु अन्र्तगत १ बर्षको अवधीमा १ हजार ९ सय ४५ किलो अल्लो जिल्ला बाहिर निकासी भएको हो । जिल्लाको उत्तरीक्षेत्रका साथै तिराम, पकला,हँसपुर लगायतका क्षेत्रमा बढि जडिबुटी उत्पादन भएको हुने गरेको डिभिजन बन कार्यालय प्युठानले जानकारी दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...