News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबार सातै प्रदेशमा मतपत्र पुग्यो

झुलेनी नेटवर्क२०८० माघ ५
६९७ पटक
२०८० माघ ५

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा मतपत्र पुर्‍याएको छ । शुक्रबार सात वटै प्रदेशमा मतपत्र पुगेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए । प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण र निर्वाचन चिह्न रहेको मतपत्र बनाइएको छ । त्यस्तै पालिका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षका लागि सेतो रंगको कागजमा रातो रंङको मसीको विवरण र निर्वाचन चिन्ह रहेको मतपत्रहरू छापिएका छन् ।

कोशी प्रदेशमा दुई पदका लागि चार प्रकारका ९ सय २० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९ सय ४० मतपत्र, बागमती प्रदेशमा चार पदका लागि आठ प्रकारका १ हजार ७ सय ६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९ सय मतपत्रहरू छन् । त्यसैगरी लुम्विनी प्रदेशमा दुई पदका लागि चार प्रकारका ७ सय ४० मतपत्र, कर्णाली प्रदेशमा तीन पदका लागि छ प्रकारका ७ सय ५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९ सय मतपत्रहरू छन् ।

राष्ट्रिय सभाको निर्वाचन माघ यही ११ गते हुँदैछ । १९ पदका लागि आठ दलको तर्फबाट ५२ जना उम्मेदवार रहेकाछन् । प्रदेशमा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा बिहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने मतदानका लागि ३८ प्रकारका जम्मा ६ हजार ९ सय १० मतपत्रहरू छापिएका छन् । यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि २०८० फागुन २१ गते देखि ६ वर्षसम्म रहने आयोगले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...