News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबार सातै प्रदेशमा मतपत्र पुग्यो

झुलेनी नेटवर्क२०८० माघ ५
४९२ पटक
२०८० माघ ५

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा मतपत्र पुर्‍याएको छ । शुक्रबार सात वटै प्रदेशमा मतपत्र पुगेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए । प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण र निर्वाचन चिह्न रहेको मतपत्र बनाइएको छ । त्यस्तै पालिका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षका लागि सेतो रंगको कागजमा रातो रंङको मसीको विवरण र निर्वाचन चिन्ह रहेको मतपत्रहरू छापिएका छन् ।

कोशी प्रदेशमा दुई पदका लागि चार प्रकारका ९ सय २० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९ सय ४० मतपत्र, बागमती प्रदेशमा चार पदका लागि आठ प्रकारका १ हजार ७ सय ६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९ सय मतपत्रहरू छन् । त्यसैगरी लुम्विनी प्रदेशमा दुई पदका लागि चार प्रकारका ७ सय ४० मतपत्र, कर्णाली प्रदेशमा तीन पदका लागि छ प्रकारका ७ सय ५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९ सय मतपत्रहरू छन् ।

राष्ट्रिय सभाको निर्वाचन माघ यही ११ गते हुँदैछ । १९ पदका लागि आठ दलको तर्फबाट ५२ जना उम्मेदवार रहेकाछन् । प्रदेशमा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा बिहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने मतदानका लागि ३८ प्रकारका जम्मा ६ हजार ९ सय १० मतपत्रहरू छापिएका छन् । यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि २०८० फागुन २१ गते देखि ६ वर्षसम्म रहने आयोगले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...