News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परिक्षण सुरु

झुलेनी नेटवर्क२०८० माघ ११
६४५ पटक
२०८० माघ ११

प्यूठान, प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परिक्षण सुरु गरिएको छ । विहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परिक्षण थालेको हो । जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको २०८० जेठ ३० गते बसेको बैठकको निर्णय अनुसार एम्बुलेन्स सञ्चालन सम्बन्धी मापदण्ड परिक्षणका लागि स्वास्थ्य कार्यालय प्यूठानका प्रशासन शाखा प्रमुख ओमभक्त थापाको संयोजकत्वमा ३ सदस्यीय उपसमिति बनेको थियो । सो उपसमितिले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार पहिलो पटक मापदण्ड परिक्षण थालेको हो ।

स्वास्थ्य कार्यालय प्यूठानमा  आवेदन पेस गरेका  १८ वटा एम्बुलेन्सको मापदण्ड परिक्षण गरिने स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशल राज वैद्यले जानकारी दिए । उनका अनुसार मापदण्ड परिक्षणका लागि सूचना आव्हान गर्दा सम्पर्कमा नआएका एम्बुलेन्सलाई जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले निर्णय गर्नेछ । एम्बुलेन्स सञ्चालनका लागि मापदण्ड पुरा नभएमा स्वास्थ्य संस्थामा उपचार गरी निको भएका बिरामी बाेक्ने प्रयाेजनका लागि सिफारिस गरिने छ ।

परिक्षणको क्रममा प्राय जसो एम्बुलेन्समा ७५ प्रतिशत मापदण्ड पुरा गरेको पाईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रशासन शाखा प्रमुख तथा एम्बुलेन्स सञ्चालन सम्बन्धी मापदण्ड परिक्षण उपसमितिका संयोजक ओमभक्त थापाले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सञ्चालनमा आएको १० बर्ष भन्दा बढी भएको/नभएको, १ हजार सी.सी भन्दा बढी क्षमता भए/नभएको ,जि.पि.एस जडान भए/नभएको , निर्देशिकाले तोके बमोजिमको रङ्गको प्रयोग गरे/नगरेको,स्वास्थ्य सम्बन्धी औजार/उपकरणहरु प्रयोग भए/नभएको लगायतका सुचकहरुको परिक्षण गरिएको थियो।

प्यूठान अस्पतालका बायोमेडिकल टेक्निसियन तिलक प्रसाद शर्माका अनुसार कतिपय एम्बुलेन्सहरुमा राष्ट्रिय प्रदुषण मापदण्ड पालना गरिएको छैन । कतिपय एम्बुलेन्सहरुमा निर्देशिका बमोजिमको रङ्ग प्रयोग नगरेको पाईएको जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रतिनिधि शरद के.सी ले बताए । उनका अनुसार तोके बमोजिमको रङ्ग प्रयोग गरेमा एम्बुलेन्सको पहिचान गर्न सहज हुन्छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा “ख” वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तिमा दुई तिहाई भाग पँहेलो,त्यसबाहेक दायाँ बाँयाकोे भाग हरियो र पहेँलो रङ्गको व्याटन वर्ग शैली (६००मि.मि*३००मि.मि) भएको र पछाडि भागमा ६ इन्च चौडाई भएको CHEVRON शैली न्युनतम तीन धर्का हुनुपर्ने उल्लेख गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...