News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परिक्षण सुरु

झुलेनी नेटवर्क२०८० माघ ११
१७७ पटक
२०८० माघ ११

प्यूठान, प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परिक्षण सुरु गरिएको छ । विहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परिक्षण थालेको हो । जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको २०८० जेठ ३० गते बसेको बैठकको निर्णय अनुसार एम्बुलेन्स सञ्चालन सम्बन्धी मापदण्ड परिक्षणका लागि स्वास्थ्य कार्यालय प्यूठानका प्रशासन शाखा प्रमुख ओमभक्त थापाको संयोजकत्वमा ३ सदस्यीय उपसमिति बनेको थियो । सो उपसमितिले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार पहिलो पटक मापदण्ड परिक्षण थालेको हो ।

स्वास्थ्य कार्यालय प्यूठानमा  आवेदन पेस गरेका  १८ वटा एम्बुलेन्सको मापदण्ड परिक्षण गरिने स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशल राज वैद्यले जानकारी दिए । उनका अनुसार मापदण्ड परिक्षणका लागि सूचना आव्हान गर्दा सम्पर्कमा नआएका एम्बुलेन्सलाई जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले निर्णय गर्नेछ । एम्बुलेन्स सञ्चालनका लागि मापदण्ड पुरा नभएमा स्वास्थ्य संस्थामा उपचार गरी निको भएका बिरामी बाेक्ने प्रयाेजनका लागि सिफारिस गरिने छ ।

परिक्षणको क्रममा प्राय जसो एम्बुलेन्समा ७५ प्रतिशत मापदण्ड पुरा गरेको पाईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रशासन शाखा प्रमुख तथा एम्बुलेन्स सञ्चालन सम्बन्धी मापदण्ड परिक्षण उपसमितिका संयोजक ओमभक्त थापाले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सञ्चालनमा आएको १० बर्ष भन्दा बढी भएको/नभएको, १ हजार सी.सी भन्दा बढी क्षमता भए/नभएको ,जि.पि.एस जडान भए/नभएको , निर्देशिकाले तोके बमोजिमको रङ्गको प्रयोग गरे/नगरेको,स्वास्थ्य सम्बन्धी औजार/उपकरणहरु प्रयोग भए/नभएको लगायतका सुचकहरुको परिक्षण गरिएको थियो।

प्यूठान अस्पतालका बायोमेडिकल टेक्निसियन तिलक प्रसाद शर्माका अनुसार कतिपय एम्बुलेन्सहरुमा राष्ट्रिय प्रदुषण मापदण्ड पालना गरिएको छैन । कतिपय एम्बुलेन्सहरुमा निर्देशिका बमोजिमको रङ्ग प्रयोग नगरेको पाईएको जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रतिनिधि शरद के.सी ले बताए । उनका अनुसार तोके बमोजिमको रङ्ग प्रयोग गरेमा एम्बुलेन्सको पहिचान गर्न सहज हुन्छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा “ख” वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तिमा दुई तिहाई भाग पँहेलो,त्यसबाहेक दायाँ बाँयाकोे भाग हरियो र पहेँलो रङ्गको व्याटन वर्ग शैली (६००मि.मि*३००मि.मि) भएको र पछाडि भागमा ६ इन्च चौडाई भएको CHEVRON शैली न्युनतम तीन धर्का हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा...