News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा १३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

झुलेनी नेटवर्क२०८० माघ २५
९६८ पटक
२०८० माघ २५

१३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ गणतान्त्रिक खेल मैदान बिजुवारमा सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मन्त्री थापाले प्रतियोगिताको व्यवस्थापन पक्ष राम्रो नभएको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनले काम राम्रो गर्न सकिन्न भने सुरु नै नगर्नु भन्दै जसो गरे पनि हुन्छ भन्ने अधिकार कसैलाई नभएको बताए ।

जिल्ला खेलकुद विकास समिति प्यूठानको आयोजनामा भएको प्रतियोगितामा ९ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा ५ विधाका खेल खेलाईने आयोजकले बताएको छ । जसअन्र्तगत भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो र कबड्डी रहेका छन् । जिल्ला खेलकुद विकास समिति प्यूठानका अध्यक्ष हुमलाल नेपालीको अध्यक्षतामा सुरु भएको प्रतियोगिता २७ गतेसम्म चल्नेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...