News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा १३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

झुलेनी नेटवर्क२०८० माघ २५
१३२८ पटक
२०८० माघ २५

१३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ गणतान्त्रिक खेल मैदान बिजुवारमा सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मन्त्री थापाले प्रतियोगिताको व्यवस्थापन पक्ष राम्रो नभएको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनले काम राम्रो गर्न सकिन्न भने सुरु नै नगर्नु भन्दै जसो गरे पनि हुन्छ भन्ने अधिकार कसैलाई नभएको बताए ।

जिल्ला खेलकुद विकास समिति प्यूठानको आयोजनामा भएको प्रतियोगितामा ९ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा ५ विधाका खेल खेलाईने आयोजकले बताएको छ । जसअन्र्तगत भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो र कबड्डी रहेका छन् । जिल्ला खेलकुद विकास समिति प्यूठानका अध्यक्ष हुमलाल नेपालीको अध्यक्षतामा सुरु भएको प्रतियोगिता २७ गतेसम्म चल्नेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...