आज विश्व रेडियो दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि यो दिवस मनाउन लागिएको हो ।
रेडियोको विश्वसनीयता र सरलतालाई शान्तिसँग जोड्दै यस वर्ष सन् २०२४ को विश्व रेडियो दिवसले (Radio A century informing, entertaining and educating) भन्ने नारा तय गरेको छ ।
प्रत्येक बर्षको १३ फेब्रुअरी, का दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास र परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्त्वपूर्ण योगदान छ ।
सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । वि.सं. २०५२ सालमा नेपालमा पनि एफ.एम. प्रविधिमा प्रसारण सुरु भएदेखि एफ.एम. रेडियोहरुकोे विस्तार र विकास भएको पाइन्छ ।