News Portal

रेडियो सुन्नुहोस्

शिशु कल्याण प्रा.विले अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गर्‍यो

बिबश जि.एम२०८० फागुन ४
१०९ पटक
२०८० फागुन ४

प्यूठान नगरपालिका ७ टाकुराचौर स्थित शिशु कल्याण प्रा.वि ले अभिभावक तथा अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । शुक्रबार बच्चाहरुको खानपान, उचित शिक्षा, बानीब्यहोरा लगायतका कुरामा आफ्ना बच्चाहरुको लागि अति उपयोगी हुने भन्दै अभिभावकहरुका लागि शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक जानका के.सीले जानकारी दिईन् । प्रधानाध्यापक के.सीले विद्यालयको शिक्षक शिक्षिका भन्दा नजिक रहेर सबैभन्दा बढि शिक्षा दिने स्वयम अभिभावक भएको बताउँदै बच्चाको भविष्यको बारेमा सोच्न अति आवश्यक रहेको जानकारी गराईन् । यस्ता महत्वपुर्ण कार्यलाई प्रभावकारी बनाउन ३ वटै तहका सरकारले चासो दिनुपर्ने समेत उनले बताईन।

साथै विद्यालयले अभिभावकको लागि महत्वपुर्ण तालिमको आयोजना गरेको भन्दै विद्यालयका पुर्व शिक्षक कमल प्रसाद पोख्रेलले विद्यालयको प्रशंसा गरे । तालिमको सहजिकरणमा मुकुन्द रिजाल रहेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको तालिममा विद्यालयका शिक्षकशिक्षिका, ७० बढि अभिभावक लगायतको सहभागिता रहेको पनि प्रधानाध्यापक के.सीले जानकारी दिईन् ।

प्रतिकृया दिनुहोस्

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...