News Portal

रेडियो सुन्नुहोस्

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

बिबश जि.एम२०८० फागुन ७
६१३ पटक
२०८० फागुन ७

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा महेन्द्र मा।वि खलंगाबाट सुरु भएको प्रभात फेरी जिल्ला प्रशासन कार्यालय, कबडहल हुँदै जिल्ला समन्वय समितिमा औपचारिक कार्यक्रम भएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । कार्यक्रममा उल्लेख्य सहभागिता भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार भोलि मंगलबार विहान प्यूठान क्याम्पस खलंगामा अध्ययन गर्ने विद्यार्थीहरुको लागि स्वास्थ्य सचेतना कार्यक्रम, शहिद स्मृति पार्क गाजुरीमा बृक्षारोपण र खैरा विद्यालयमा रहेका अपागंता भएका विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सोही कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानले सहभागि र सर्बसाधारणहरुको ब्लड प्रेसर सुगर जाँच गर्ने कार्यक्रम गरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मी, प्यूठान क्याम्पसका प्रमुख कल्पना खड्का, महेन्द्र मा.वि खलंगाका प्रधानाध्यापक पिताम्बर पौडेल, पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फोटो : जिल्ला प्रशासन कार्यालय प्यूठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...