News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदै

बिबश जि.एम२०८० फागुन ९
६६३ पटक
२०८० फागुन ९

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदैछ । स्वास्थ्य कार्यालय प्यूठानले दादुरा–रुवेला खोप अभियानको जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरी सो जानकारी गराएको हो । बुधबार स्वास्थ्य कार्यालय प्यूठानको सभाहलमा जिल्लाका सञ्चारकर्मी, स्वास्थ्यकर्मी, विभिन्न बुद्धिजिवी लगायतको उपस्थितिमा अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो ।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमका मुख्य उद्देश्य, खोप कार्यक्रमका चुनौती, दादुरा–रुवेला खोप अभियानको लक्ष्य, अभियान, यसको कभरेज, अभियानमा दिईने खोपहरुको बारेमा जानकारी, खोप सेवा सञ्चालन हुने स्थान, दादुरा रोगका लक्षणहरु लगायतका बारेमा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी गराएका थिए । उनका अनुसार जिल्लामा २२ हजार ८ सय २४ जना बालबालिकालाई खोप दिने लक्ष्यसहित २५ हजार ५ सय डोज खोप प्राप्त भएको छ ।

साथै ११ गते जिल्लाका सबै स्थानीय तहमा खोप पुगिसक्ने तथा १२ गते वडाको स्वास्थ्य संस्थामा पुगे पश्चात १३ गते एकैसाथ २ सय ७३ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने बताईएको छ ।

खोप अभियानका संरक्षक तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशल राज बैद्यले गरेका थिए । कार्यक्रममा प्यूठान उद्योग बाणिज्य संघका प्रमुख पशुपति नारायण नकर्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानका प्रमुख गुमानराज पुलामी, जिल्लाका सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...