News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदै

बिबश जि.एम२०८० फागुन ९
४६८ पटक
२०८० फागुन ९

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदैछ । स्वास्थ्य कार्यालय प्यूठानले दादुरा–रुवेला खोप अभियानको जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरी सो जानकारी गराएको हो । बुधबार स्वास्थ्य कार्यालय प्यूठानको सभाहलमा जिल्लाका सञ्चारकर्मी, स्वास्थ्यकर्मी, विभिन्न बुद्धिजिवी लगायतको उपस्थितिमा अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो ।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमका मुख्य उद्देश्य, खोप कार्यक्रमका चुनौती, दादुरा–रुवेला खोप अभियानको लक्ष्य, अभियान, यसको कभरेज, अभियानमा दिईने खोपहरुको बारेमा जानकारी, खोप सेवा सञ्चालन हुने स्थान, दादुरा रोगका लक्षणहरु लगायतका बारेमा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी गराएका थिए । उनका अनुसार जिल्लामा २२ हजार ८ सय २४ जना बालबालिकालाई खोप दिने लक्ष्यसहित २५ हजार ५ सय डोज खोप प्राप्त भएको छ ।

साथै ११ गते जिल्लाका सबै स्थानीय तहमा खोप पुगिसक्ने तथा १२ गते वडाको स्वास्थ्य संस्थामा पुगे पश्चात १३ गते एकैसाथ २ सय ७३ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने बताईएको छ ।

खोप अभियानका संरक्षक तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशल राज बैद्यले गरेका थिए । कार्यक्रममा प्यूठान उद्योग बाणिज्य संघका प्रमुख पशुपति नारायण नकर्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानका प्रमुख गुमानराज पुलामी, जिल्लाका सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...