News Portal

रेडियो सुन्नुहोस्

किसानले मोहियानी हक नपाएपछि सडक मै सुते

झुलेनी नेटवर्क२०८० फागुन ११
५२६ पटक
२०८० फागुन ११

प्यूठान, स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७ सय ५३ बिगाहा जग्गामा मोही भरेका किसानले मोहियानी हक नपाएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरू गरेका छन्।
दाङमा रहेका स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूले शुक्रबार सडकमै सुतेर आन्दोलन गरेका छन्।

उनीहरूले आज जिल्ला प्रशासन कार्यालयको गेटअगाडि देखि आन्दोलन सुरू गरेर तुल्सीपुर चोकमा पुगेर झण्डै आधा घण्टा सुतेर विरोध प्रदर्शन गरेका थिए। करिब चार÷पाँच सयको हाराहारीमा किसान उपस्थित छन्। आन्दोलन क्रममा केहीबेर सडक अवरूद्ध समेत भएको थियो।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले यसअघि मोहियानी हकका लागि विभिन्न चरणका आन्दोलन भई सरकारसँग धेरै पटक सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको हुँदा चरणबद्ध आन्दोलन सुरू गर्नु परेको बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...