News Portal

रेडियो सुन्नुहोस्

किसानले मोहियानी हक नपाएपछि सडक मै सुते

झुलेनी नेटवर्क२०८० फागुन ११
७३१ पटक
२०८० फागुन ११

प्यूठान, स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७ सय ५३ बिगाहा जग्गामा मोही भरेका किसानले मोहियानी हक नपाएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरू गरेका छन्।
दाङमा रहेका स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूले शुक्रबार सडकमै सुतेर आन्दोलन गरेका छन्।

उनीहरूले आज जिल्ला प्रशासन कार्यालयको गेटअगाडि देखि आन्दोलन सुरू गरेर तुल्सीपुर चोकमा पुगेर झण्डै आधा घण्टा सुतेर विरोध प्रदर्शन गरेका थिए। करिब चार÷पाँच सयको हाराहारीमा किसान उपस्थित छन्। आन्दोलन क्रममा केहीबेर सडक अवरूद्ध समेत भएको थियो।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले यसअघि मोहियानी हकका लागि विभिन्न चरणका आन्दोलन भई सरकारसँग धेरै पटक सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको हुँदा चरणबद्ध आन्दोलन सुरू गर्नु परेको बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...