News Portal

रेडियो सुन्नुहोस्

सडक ब्यापारी र महानगर प्रहरी विचको मुडभेडमा प्यूठानका पत्रकार पोख्रेल घाईते,महासंघको आपत्ति

झुलेनी नेटवर्क२०८० फागुन १७
४३६ पटक
२०८० फागुन १७

काठमाण्डौको सुन्धारामा सडक व्यापारी र महानगर प्रहरीबिच झडप हुँदा प्यूठानका पत्रकार पदमप्रसाद पोख्रेल घाइते भएका छन्। सडक व्यापारीलाई हटाउने क्रममा भएको झडपमा प्यूठानका पत्रकार पोख्रेल पनि घाईते भएका हुन। पोख्रेलको घर प्यूठानको नौबहिनी गाउँपालिका ८ लुप्लुङ्ग हो । उनी कामको सिलसिलामा काठ्माण्डौ गएको बताएका छन् ।

बुधवार साँझ भएको झडपमा केही सडक व्यापारी र महानगर प्रहरी पनि घाईते भएका छन् । आफू सडकमा हिडिरहेको बेला बल प्रयोग गरेर सडक व्यापारीलाई हटाईरहेको देखेपछी सोहि भिडियो खिच्ने क्रममा प्रहरीले आफुलाई आक्रमण गरेको पोख्रेलले बताए । आफ्नो परिचयपत्र, मोवाईल, ल्यापटप र झोला समेत प्रहरीले जफत गरेको उनले बताए। ट्रमा सेन्टरमा उपचारपछी पोख्रेलले अहिले आराम गरिरहेका छन्।

यसैबिच नेपाल पत्रकार महासंघ प्यूठानमा आबद्ध पोख्रेललाई काठमाण्डौको सुन्धारामा सडक व्यापारीलाई हटाउने क्रममा व्यापारी र महानगर प्रहरीबिच भएको झडपमा गरिएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ प्यूठानले आपत्ति जनाएको छ । महासंघका सचिव प्रकाश वैद्यद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत आफुलाई पत्रकार भनेर चिनाउँदा चिनाउँदै गरेको यस्तो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी भएको भन्दै महानगरको ध्यानाकर्षण गराएको जनाएको छ । साथै जफत गरिएका सामग्री तत्काल फिर्ता गर्न समेत महासंघले अनुरोध गरेको छ ।

पोख्रेल प्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...