News Portal

रेडियो सुन्नुहोस्

सडक ब्यापारी र महानगर प्रहरी विचको मुडभेडमा प्यूठानका पत्रकार पोख्रेल घाईते,महासंघको आपत्ति

झुलेनी नेटवर्क२०८० फागुन १७
७७१ पटक
२०८० फागुन १७

काठमाण्डौको सुन्धारामा सडक व्यापारी र महानगर प्रहरीबिच झडप हुँदा प्यूठानका पत्रकार पदमप्रसाद पोख्रेल घाइते भएका छन्। सडक व्यापारीलाई हटाउने क्रममा भएको झडपमा प्यूठानका पत्रकार पोख्रेल पनि घाईते भएका हुन। पोख्रेलको घर प्यूठानको नौबहिनी गाउँपालिका ८ लुप्लुङ्ग हो । उनी कामको सिलसिलामा काठ्माण्डौ गएको बताएका छन् ।

बुधवार साँझ भएको झडपमा केही सडक व्यापारी र महानगर प्रहरी पनि घाईते भएका छन् । आफू सडकमा हिडिरहेको बेला बल प्रयोग गरेर सडक व्यापारीलाई हटाईरहेको देखेपछी सोहि भिडियो खिच्ने क्रममा प्रहरीले आफुलाई आक्रमण गरेको पोख्रेलले बताए । आफ्नो परिचयपत्र, मोवाईल, ल्यापटप र झोला समेत प्रहरीले जफत गरेको उनले बताए। ट्रमा सेन्टरमा उपचारपछी पोख्रेलले अहिले आराम गरिरहेका छन्।

यसैबिच नेपाल पत्रकार महासंघ प्यूठानमा आबद्ध पोख्रेललाई काठमाण्डौको सुन्धारामा सडक व्यापारीलाई हटाउने क्रममा व्यापारी र महानगर प्रहरीबिच भएको झडपमा गरिएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ प्यूठानले आपत्ति जनाएको छ । महासंघका सचिव प्रकाश वैद्यद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत आफुलाई पत्रकार भनेर चिनाउँदा चिनाउँदै गरेको यस्तो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी भएको भन्दै महानगरको ध्यानाकर्षण गराएको जनाएको छ । साथै जफत गरिएका सामग्री तत्काल फिर्ता गर्न समेत महासंघले अनुरोध गरेको छ ।

पोख्रेल प्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...