News Portal

रेडियो सुन्नुहोस्

उपचारमा सहयोग गर्छु भन्दै गरिब बिरामीको घरमै पुगे डाक्टर पौडेल

बोम बहादुर परियार२०८० फागुन २५
६८५ पटक
२०८० फागुन २५

मल्लरानी गाउपालिका ३ मुन्डाँडा खसिनिखर्क निबासी ३८ वर्षिय श्याम बि.क बिगत लामो समयदेखि बिरामी परि बिस्तारामै थलिएका छन् । शरीरमा विभिन्न समस्या देखिएपछि गत भदौ ११ गते श्यामलाई उनका परिवारले प्यूठान अस्पतालमा लगेका थिए । अस्पतालमा उनलाई जाँच गरि हेर्दा मधुमेह (सुगर) अत्यधिक वृद्धि भएको र थप अरु समस्या पनि देखियो । गरिब भएकै कारण औषधि उपचार गर्न सकस भएपछी उनलाई केही औषधि किनेर घरमा ल्याईयो ।

श्रीमानको अबस्था नाजुक हुँदै गएपछी श्रीमती रुप्सी बि.क परिवार खर्च जुटाउन भारत लागिन् । भारतको कमाईले पनि उनको परिवार चलाउन र श्रीमानको औषधि खर्च जुटाउन गाह्रो भयो । पैसा कमाउन हिडेकी श्रीमती अहिले पुन नेपाल फर्केर आएकी छिन् र श्रीमानको स्याहरमा ब्यस्त छिन् । मल्लरानी गाउपालिका ३ बर्बोटमा जन्मिएका प्यूठान अस्पतालका हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल बिहिबार कार्यालय समय सक्काएर आफ्नै गाउँका बिरामी श्याम बि.कको अवस्था बुझ्न बिरामिको गरमै पुगेका हुन् ।

डाक्टर पौडेलले बिरामीका पुराना पुर्जिहरु हेर्दै अहिलेको अवस्थाबारे बुझे । बिरामी श्यामको प्रेसर अबस्था सामान्य भएतापनि सुगरले शरीरका विभिन्न भागहरुमा असर गरेको उनले बताए । श्यामको एकपटक सुगरको जाँच गरेर हेरि थप उपचार गर्न प्यूठान अस्पतालमा लैजाने र निशुल्क उपचार गर्न आफुले सहयोग गर्ने बताए । पोखरामा रहदा पनि प्यूठानका धेरै दुखी गरिब बिरामीको उपचारमा सहयोग गरेका डाक्टर पौडेलले अहिले प्यूठान अस्पतालबाटै धेरै बिरामीहरुलाई उपचार गर्दै आएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...