News Portal

रेडियो सुन्नुहोस्

अपांगता भएका व्यक्तिले सुविधा नपाएको गुनासो

बिबश जि.एम२०८० फागुन २९
३५० पटक
२०८० फागुन २९

अपांगता भएका व्यक्तिले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै अपांग संघका सदस्यहरुले गुनासो व्यक्त गरेका छन् । मंगलबार सिबिआर कार्यक्रम अन्तर्गत गौमुखी गाउँपालिकाका सरोकारवाला निकायहरुबीच अपांगता मैत्री भौतिक संरचना निर्माण विषयक अन्तरकृया कार्यक्रममा सहभागी व्यक्तिहरुले यस्तो बताएका हुन् । अपांगता भएका व्यक्तिको बारेमा कार्यक्रम र नारा मात्र बनाउने तर आफुहरुले पाउने सेवामा कुनै चासो नदेखाएको भन्दै यस विषयमा सबैले गम्भिर भएर सोच्न उनीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले अब बन्ने संरचनाहरु अपांग मैत्री बनाउने बताएका छन् । यस विषयमा आफुले नजिकबाट नै नियालेको बताउँदै अध्यक्ष गिरीले भोलिका दिनमा बन्ने भौतिक संरचनाहरु अपांग मैत्री बन्नेमा ढुक्क हुन समेत विश्वास दिलाएका छन् ।

अपांग मैत्री तथा अपांग सेवा संघको अवस्थाबारे कार्यपत्र प्रस्तुत अपांग सेवा संघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमानसिंह के.सीले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख, अपांग सेवा संघका प्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय सेवा संघ प्यूठानको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको सहयोगमा कार्यक्रम भएको हो । गौमुखी गाउँपालिकाको सभाहलमा संचालन भएको कार्यक्रमको सहजिकरण अपांग सेवा संघ प्यूठानका सचिव राजेन्द्र रावत क्षेत्रीले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...