News Portal

रेडियो सुन्नुहोस्

अपांगता भएका व्यक्तिले सुविधा नपाएको गुनासो

बिबश जि.एम२०८० फागुन २९
४५४ पटक
२०८० फागुन २९

अपांगता भएका व्यक्तिले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै अपांग संघका सदस्यहरुले गुनासो व्यक्त गरेका छन् । मंगलबार सिबिआर कार्यक्रम अन्तर्गत गौमुखी गाउँपालिकाका सरोकारवाला निकायहरुबीच अपांगता मैत्री भौतिक संरचना निर्माण विषयक अन्तरकृया कार्यक्रममा सहभागी व्यक्तिहरुले यस्तो बताएका हुन् । अपांगता भएका व्यक्तिको बारेमा कार्यक्रम र नारा मात्र बनाउने तर आफुहरुले पाउने सेवामा कुनै चासो नदेखाएको भन्दै यस विषयमा सबैले गम्भिर भएर सोच्न उनीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले अब बन्ने संरचनाहरु अपांग मैत्री बनाउने बताएका छन् । यस विषयमा आफुले नजिकबाट नै नियालेको बताउँदै अध्यक्ष गिरीले भोलिका दिनमा बन्ने भौतिक संरचनाहरु अपांग मैत्री बन्नेमा ढुक्क हुन समेत विश्वास दिलाएका छन् ।

अपांग मैत्री तथा अपांग सेवा संघको अवस्थाबारे कार्यपत्र प्रस्तुत अपांग सेवा संघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमानसिंह के.सीले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख, अपांग सेवा संघका प्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय सेवा संघ प्यूठानको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको सहयोगमा कार्यक्रम भएको हो । गौमुखी गाउँपालिकाको सभाहलमा संचालन भएको कार्यक्रमको सहजिकरण अपांग सेवा संघ प्यूठानका सचिव राजेन्द्र रावत क्षेत्रीले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...