News Portal

रेडियो सुन्नुहोस्

बागलुङमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गयो

झुलेनी नेटवर्क२०८० चैत ६
५६२ पटक
२०८० चैत ६

बस दुर्घटनामा परी एक पत्रकार सहित ९ जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदशे ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साझ बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

र्घटनामा परी ज्यान गुमाउनेहरुमा रुकुम पूर्व सिस्ने गाउँपालिका ५ रुमालबाराका २५ बर्षिय पत्रकार विक्रम परियार, रुकुम पश्चिम मुसिकोट १ की २७ बर्षिया बिनिता के.सी, मुसिकोट नगरपालिका २ रातामाटाका बसधनी बबि ददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङकी ३५ बर्षिया टीका के.सी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना के.सी, दाङ घर भएका १८ बर्षिय लक्की पुन मगर, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रोल्पा घर भएका बास चालक सुवास गौतम भनेर चिनिने मानसिंह वि.क रहेका जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

दुर्घटनामा परी २६ जना घाइते मध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङ र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन के.सी ले जानकारी दिए ।उनका अनुसार बस सडकदेखि करिब १ सय ५० मिटर तल खेसको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...