आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोली (सोमबार) मनाइने छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरक फरक दिन सार्वजनिक बिदा दिएको छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो । जिल्लाका विभिन्न मुख्य मुख्य चोकहरुमा एकआपसमा रङ्ग दलेर होली मनाईरहेका छन ।