News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

बिबश जि.एम२०८० चैत १५
४५३ पटक
२०८० चैत १५

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने भएको छ । बुधबार त्रिवेणी सामुदायिक ग्रामिण विकास संस्थाले देविस्थानमा पत्रकार सम्मेलन गर्दै चैत २९ देखि बैशाख ९ गतेसम्म महोत्सव आयोजना गर्ने जानकारी गराएको हो ।

माण्डवी गाउँपालिका भित्र रहेका पर्यटन प्रवद्धनमा टेवा पुग्ने र यहाँका स्थानीयले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरणमा सहयोग हुने भन्दै महोत्सव गर्न लागिएको त्रिवेणी सामुदायिक ग्रामिण विकास संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले बताए । उनका अनुसार जिल्ला भित्र रहेका सबै प्रकारका कला संस्कृतिलाई जर्गेना गर्ने र किसानले उत्पादन गरेका कृषि उपजलाई प्रोत्साहित सहित पर्यटन प्रवद्धन बढाउने लक्ष्य रहेको छ ।

महोत्सवमा स्थानीय कार्यक्रम तर्फ माण्डवी गाउँपालिका भित्रका मा.वि स्तरीय हाजिरीजवाफ र बकतृत्व कला प्रतियोगिता, माण्डवी डान्स आईडल, प्याराग्लाइडिङ, जिल्ला स्तरीय भलिबल प्रतियोगिता माण्डवी नदीमा ¥याप्टिङ हुने छ । साथै स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको समेत प्रस्तुती हुने आयोजकले जनाएको छ ।

महोत्सवमा १ सय ५० स्टल बनाउने र ५ वटा स्टल कृषिको लागि नि:शुल्क उपलब्ध गराउने मेला व्यवस्थापन संयोजक ईमान बिष्टले बताए । उनका अनुसार ३० हजारको हाराहारीमा दर्शक भित्र्याउने लक्ष्य रहेको छ । ११ दिनसम्म चल्ने मेलामा १ सय रुपैँया टिकट रहने छ भने विद्यार्थीका लागि ८० र जेष्ठ नागरिक मध्ये ७० बर्षभन्दा माथीकालाई नि:शुल्क हुने बताईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...