News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

बिबश जि.एम२०८० चैत १५
६७६ पटक
२०८० चैत १५

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने भएको छ । बुधबार त्रिवेणी सामुदायिक ग्रामिण विकास संस्थाले देविस्थानमा पत्रकार सम्मेलन गर्दै चैत २९ देखि बैशाख ९ गतेसम्म महोत्सव आयोजना गर्ने जानकारी गराएको हो ।

माण्डवी गाउँपालिका भित्र रहेका पर्यटन प्रवद्धनमा टेवा पुग्ने र यहाँका स्थानीयले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरणमा सहयोग हुने भन्दै महोत्सव गर्न लागिएको त्रिवेणी सामुदायिक ग्रामिण विकास संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले बताए । उनका अनुसार जिल्ला भित्र रहेका सबै प्रकारका कला संस्कृतिलाई जर्गेना गर्ने र किसानले उत्पादन गरेका कृषि उपजलाई प्रोत्साहित सहित पर्यटन प्रवद्धन बढाउने लक्ष्य रहेको छ ।

महोत्सवमा स्थानीय कार्यक्रम तर्फ माण्डवी गाउँपालिका भित्रका मा.वि स्तरीय हाजिरीजवाफ र बकतृत्व कला प्रतियोगिता, माण्डवी डान्स आईडल, प्याराग्लाइडिङ, जिल्ला स्तरीय भलिबल प्रतियोगिता माण्डवी नदीमा ¥याप्टिङ हुने छ । साथै स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको समेत प्रस्तुती हुने आयोजकले जनाएको छ ।

महोत्सवमा १ सय ५० स्टल बनाउने र ५ वटा स्टल कृषिको लागि नि:शुल्क उपलब्ध गराउने मेला व्यवस्थापन संयोजक ईमान बिष्टले बताए । उनका अनुसार ३० हजारको हाराहारीमा दर्शक भित्र्याउने लक्ष्य रहेको छ । ११ दिनसम्म चल्ने मेलामा १ सय रुपैँया टिकट रहने छ भने विद्यार्थीका लागि ८० र जेष्ठ नागरिक मध्ये ७० बर्षभन्दा माथीकालाई नि:शुल्क हुने बताईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...