News Portal

रेडियो सुन्नुहोस्

नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन

बिबश जि.एम२०८० चैत १९
१४५ पटक
२०८० चैत १९

भानु सामुदायिक अध्ययन केन्द्र प्यूठान नगरपालिका –३ ले नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन गरेको छ । केन्द्रले संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

प्यूठान जिल्लाको सबैभन्दा पुरानो पुस्तकालय भानु सामुदायिक अध्ययन केन्द्रले नयाँ तथा पुराना किताबहरु संकलन गरी व्यवस्थित गर्नको लागि समिति गठन गरेको समितिका सदस्य तथा प्यूठान नगरपालिका –३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार भानु सामुदायिक अध्ययन केन्द्रको बार्षिक साधारण सभामा भएको छलफलले समिति गठन गर्ने निर्णय गरेको थियो ।

समितिको सदस्यहरुमा प्यूठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुन कुमार कक्षपति, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, प्यूठान नगरपालिका ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठ, भानु सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष सिमन्त न्यौपाने रहेका छन् ।

प्रतिकृया दिनुहोस्

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...