News Portal

रेडियो सुन्नुहोस्

नेपाली हर्ट ग्रुपको ११४ औं सहयोगार्थ कार्यक्रम कैलालीमा सम्पन्न

झुलेनी नेटवर्क२०८० चैत २५
१६४ पटक
२०८० चैत २५

नेपाली हर्ट ग्रुपले शनिबार कैलालीको एक आश्रममा सहयोग गरेको छ । ‘‘खाना नाना र छाना नभएकाहरुका लागि सहयोगार्थ अभियान, जहाँ जहाँ भएपनी हामी नेपाली” भन्ने मुल नाराका साथ ग्रुपले घोडाघोडी नगरपालिका बौनिया कैलालीको साहारा घरमा २ लाख बढी रकमको खाध्यान्न, कपडा सहयोग गर्दै १५ हजारको अक्षयकोष समेत स्थापना गरेको हो ।

दुःखका बेला देशको विभिन्न ठाउँमा पुगेर सहयोग गर्दै आएको हर्ट ग्रुपले यसपटक ११४ औं सहयोग कार्यक्रम बौनिया कैलालीमा गरेको नेपाली हर्ट ग्रुपका केन्द्रिय अध्यक्ष डिल्लिराज पराजुलिले बताए । फेसबुक, टिकटक, जस्ता समाजिक सञ्जालमा जोडिएर हर्ट ग्रुपका विभिन्न सदस्यहरुले देश बिदेशबाट संकलन गरिएको सहयोग रकम द्वारा सामाजिक काम गर्दै आएको उनले बताए ।

साहारा घरका अध्यक्ष एबम संचालक बल बहादुर बिस्टले सामाग्री सहयोग गरेको भन्दै हर्ट ग्रुप र सहयोगीलाई धन्यवाद दिएका छन् । हर्ट ग्रुपका केन्द्रीय अध्यक्ष डिल्लिराज पराजुलिको अध्यक्षतामा प्रमुख अथिती घोडाघोडी नगरपालिकाका मेयर खडक राउत रहेका थिए ।

ग्रुपका विभिन्न जिल्लाबाट आएका सदस्य, स्थानिय जनप्रतिनिधि, प्रहरी, पत्रकारको उपस्थित थियो । सहयोग हस्तान्तरण कार्यक्रमको संचालन नेपाली हर्ट ग्रुपका सदस्य उत्तम लामाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...