News Portal

रेडियो सुन्नुहोस्

प्रहरी जवान पदमा दरखास्त दिएका उम्मेदवारहरुका लागि १ दिने अभिमुखीकरण कार्यक्रम

झुलेनी नेटवर्क२०८० चैत २७
५११ पटक
२०८० चैत २७

जिल्ला प्रहरी कार्यालय प्यूठानले प्यूठानबाट आवेदन दर्ता गराएका उम्मेदवारहरुको प्रहरी जवान छनौट परिक्षा अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा संञ्चालन गरिएको कार्यक्रममा पुरुष ८५ महिला ७१ गरी १ सय ५६ जना उम्मेदवारहरुका लागि अभिमुखीकरण गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

कार्यक्रममा भर्ना छनौट अन्तरगत शारीरिक तन्दुरुस्ती तथा बाधापार परिक्षाको नमूना अभ्यास प्रदर्शन गराउनुका साथै प्रहरी जवानको पाठ्यक्रम, लिखित परीक्षाको नमूना प्रश्न पत्र समेत समेटिएको प्रस्तुतिकरण र तालुक नेपाल प्रहरी प्रधान कार्यालयबाट निर्मित प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परिक्षण सम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख इश्वर थापाले उम्मेदवारहरुलाई परिक्षामा सहभागी हुन सहजताको लागि कार्यक्रम आयोजना गरिएको बताउदै सफलताका लागि सकरात्मक सोच तथा निरन्तरको अभ्यास आवश्यक हुने बताएका थिए । साथै नेपाल प्रहरीले प्रदान गर्ने सेवाका बारेमा समेत कार्यालय प्रमुख थापाले जानकारी गराएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...