News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

झुलेनी पोष्ट२०८१ बैशाख १२
३७७ पटक
२०८१ बैशाख १२

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ । जुम्रीमा बसेको शाखाको बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ ।
शाखाका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा बसेको बैठकले दलितका कला, सिपसंग जोडिएका बस्तु प्रदर्शनी गर्ने योजना बनाएको संघका सचिव बोम बहादुर परियारले जानकारी दिए । वैशाख १५ गते बिहान मिडियामा दलितको सहभागीता बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने शाखाले निर्णय गरेको छ ।

त्यस्तै चेतनामूलक साँस्कृतिक कार्यक्रम सहित प्यूठानमा दलितहरुले परम्परागत रुपमा अँगाल्दै आएका फलाम, धातुजन्य सामग्री, बाजाहरु, प्यूठानका बाघमुखे चुलेसी, काष्ठकलाहरु प्रदर्शनमा राखिने संघका अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिए।

नेपालको दलित आन्दोलनमा भएका कुराहरु लिपिबद्ध गर्दै दलितका हराउँदै गएका मौलिक सिपकलालाई संचार क्षेत्रमा उठाउन अधिबेशनले सहयोग गर्ने अपेक्षा गरिएको अध्यक्ष सुनारले बताए । अधिवेशनलाई भव्य बनाउन आफुहरु तिव्र तयारीमा ज्टेको उनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...