News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

झुलेनी नेटवर्क वैशाख १३
६२५ पटक
वैशाख १३

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा नमिल्दा प्रमुख प्रशासकीय अधिकृतहरु समय अवधिसम्म नबस्ने, भाग्ने गरेको कुरा बेला बखत आइरहेकै हुन् । यसले गर्दा सेवाग्रहीले दुःख पाउन परेको घटना दोहोरीरहदा पछिल्लो पटक पहुँचका आडमा नगरपालिकाका योजना, कार्यक्रमहरु आफन्तलाई दिने गरेको पाइएको छ । पालिकामा रहेका विभिन्न योजनाहरुको काम सेटिङ मार्फत आफन्तलाई दिएको खुलेको छ । जनताको करमा रजाइ गर्ने यस्ता खालका प्रवृतीलाई नगरवासीले बिरोध जनाउन थालेका छन् ।

प्यूठान नगरपालिका मेयर विष्णु योगिले छोरी ज्वाइ पुस्कर शर्मालाई सोकीय सचिबकोरुपमा सहायक कम्प्यूटर अप्रेटर पदमा करारमा भर्ती गरेका छन् । उनै शर्माले नगरपालिका भित्र सेटिङ मिलाउने धन्दा चलाएको पाइएको छ । शर्माले कर्मचारीको मिलोमतोमा केहि दिन अगाडि नगरपालिकाले सञ्चालन गरीरहेको ६ लाख बजेटकोे तीन महिने आधारभूत कम्प्यूटर तालिम श्रीमती शुलोचना शर्माको नाममा दर्ता भएको गुरु एकेडेमिलाई सेटिङमा मिलाएर तालिमको कार्यक्रम हात पारेका छन् ।

प्यूठान नगरपालिकाले २०८० फागुन २ गते कम्प्यूटर सिकाइका लागि प्रस्ताव पेस सम्वन्धी सूचना प्रकाशन गरेको थियो । जिल्लामा दर्ता भएका विभिन्न ६ वटा तालिम केन्द्र तथा इनिस्टीच्यूटहरुले प्रकृया पु¥याएर प्रस्तावना सहित निवेदन पेस गरेका थिए । तर, नगरपालिकाले उहि व्यहोराको सूचना ३ दिन पछी पुनःथप गरेर द्रोस्रो पटकको सूचना भन्ने समेत नखुल्याइ फागुन ११ गते १७ गते सम्मका लागि प्रस्तावना पेस गर्न भनि सूचना निकालेर गुरुएकेडेमिलाइ प्रदान गरेको छ ।

सबै प्रकृया मिलाएर अघिल्लो मितिमा ६ वटा तालिम केन्द्रहरुले प्रस्ताव पेस गर्दा गर्दै दोस्रो सूचना प्रकाशन गरेर मेयरकी छोरी शर्माकी श्रीमतीको एकेडेमिलाइ प्रदान गरिएको छ । नगरपालिकाकै कार्यक्रम गर्नको लागि गुरुएकेडेमि दर्ता गरिएको समेत खुलेको छ । सुलोचना शर्माको नाममा फागुन १५ गते मात्र इन्स्टिच्यूट दर्ता गरिएको थियो ।

अघिल्लो मितिमा ३ वटा भन्दा कम आवेदन परे पुनः अर्को सूचना निकाल्नु पर्ने प्रावधान छ । ६ वटा प्रस्तावहरु पेस हुदाँहुँदै पहुँचको आधारमा दोस्रो पटक सूचना प्रकासन गर्न लगाएर नयाँ कम्पनी नै दर्ता गरेर तालिम सञ्चालन गर्नदिनु सत्ताको चरम दुरुपयोग भएको सरोकारवाल बताउँछन ।

प्यूठान नगरपालिकाले पहुँचका आधारमा सेटिङ मिलाएर तालिम सञ्चालन गर्ने जिम्मा आफन्तलाए दिदा पालिका भित्र लामो समय इन्स्टिच्यूट संचालन गरेका इन्स्टिच्यूटहरु मर्कामा परेको आइटि मल्टी टेक्नीकल इन्स्टिच्युटका संचालक मदन खड्काले बताए ।
यस विषमा प्यूठान नागरपालिकाका सूचना अधिकारी आशिस पोख्रेलले कार्यालय प्रमुखले दोस्रो सूचना निकाल्न भने पछी सुचना निकालेको बताए । उनले अन्य विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...