News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

झुलेनी नेटवर्क वैशाख १३
९०५ पटक
वैशाख १३

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा नमिल्दा प्रमुख प्रशासकीय अधिकृतहरु समय अवधिसम्म नबस्ने, भाग्ने गरेको कुरा बेला बखत आइरहेकै हुन् । यसले गर्दा सेवाग्रहीले दुःख पाउन परेको घटना दोहोरीरहदा पछिल्लो पटक पहुँचका आडमा नगरपालिकाका योजना, कार्यक्रमहरु आफन्तलाई दिने गरेको पाइएको छ । पालिकामा रहेका विभिन्न योजनाहरुको काम सेटिङ मार्फत आफन्तलाई दिएको खुलेको छ । जनताको करमा रजाइ गर्ने यस्ता खालका प्रवृतीलाई नगरवासीले बिरोध जनाउन थालेका छन् ।

प्यूठान नगरपालिका मेयर विष्णु योगिले छोरी ज्वाइ पुस्कर शर्मालाई सोकीय सचिबकोरुपमा सहायक कम्प्यूटर अप्रेटर पदमा करारमा भर्ती गरेका छन् । उनै शर्माले नगरपालिका भित्र सेटिङ मिलाउने धन्दा चलाएको पाइएको छ । शर्माले कर्मचारीको मिलोमतोमा केहि दिन अगाडि नगरपालिकाले सञ्चालन गरीरहेको ६ लाख बजेटकोे तीन महिने आधारभूत कम्प्यूटर तालिम श्रीमती शुलोचना शर्माको नाममा दर्ता भएको गुरु एकेडेमिलाई सेटिङमा मिलाएर तालिमको कार्यक्रम हात पारेका छन् ।

प्यूठान नगरपालिकाले २०८० फागुन २ गते कम्प्यूटर सिकाइका लागि प्रस्ताव पेस सम्वन्धी सूचना प्रकाशन गरेको थियो । जिल्लामा दर्ता भएका विभिन्न ६ वटा तालिम केन्द्र तथा इनिस्टीच्यूटहरुले प्रकृया पु¥याएर प्रस्तावना सहित निवेदन पेस गरेका थिए । तर, नगरपालिकाले उहि व्यहोराको सूचना ३ दिन पछी पुनःथप गरेर द्रोस्रो पटकको सूचना भन्ने समेत नखुल्याइ फागुन ११ गते १७ गते सम्मका लागि प्रस्तावना पेस गर्न भनि सूचना निकालेर गुरुएकेडेमिलाइ प्रदान गरेको छ ।

सबै प्रकृया मिलाएर अघिल्लो मितिमा ६ वटा तालिम केन्द्रहरुले प्रस्ताव पेस गर्दा गर्दै दोस्रो सूचना प्रकाशन गरेर मेयरकी छोरी शर्माकी श्रीमतीको एकेडेमिलाइ प्रदान गरिएको छ । नगरपालिकाकै कार्यक्रम गर्नको लागि गुरुएकेडेमि दर्ता गरिएको समेत खुलेको छ । सुलोचना शर्माको नाममा फागुन १५ गते मात्र इन्स्टिच्यूट दर्ता गरिएको थियो ।

अघिल्लो मितिमा ३ वटा भन्दा कम आवेदन परे पुनः अर्को सूचना निकाल्नु पर्ने प्रावधान छ । ६ वटा प्रस्तावहरु पेस हुदाँहुँदै पहुँचको आधारमा दोस्रो पटक सूचना प्रकासन गर्न लगाएर नयाँ कम्पनी नै दर्ता गरेर तालिम सञ्चालन गर्नदिनु सत्ताको चरम दुरुपयोग भएको सरोकारवाल बताउँछन ।

प्यूठान नगरपालिकाले पहुँचका आधारमा सेटिङ मिलाएर तालिम सञ्चालन गर्ने जिम्मा आफन्तलाए दिदा पालिका भित्र लामो समय इन्स्टिच्यूट संचालन गरेका इन्स्टिच्यूटहरु मर्कामा परेको आइटि मल्टी टेक्नीकल इन्स्टिच्युटका संचालक मदन खड्काले बताए ।
यस विषमा प्यूठान नागरपालिकाका सूचना अधिकारी आशिस पोख्रेलले कार्यालय प्रमुखले दोस्रो सूचना निकाल्न भने पछी सुचना निकालेको बताए । उनले अन्य विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...