News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

झुलेनी नेटवर्क२०८१ बैशाख १६
५८४ पटक
२०८१ बैशाख १६

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरि जिल्ला अदालत प्यूठानमा मुद्धा दर्ता गरिएको छ । १ जनालाई अनुसन्धानको लागि हिरासतमा पठाईएको छ । बन कार्यालय प्यूठानका सहायक बन अधिकृत हरी पौडेलका अनुसार सरुमारानी ४ बाट १ जना, प्यूठान नगरपालिका ४ बाट १ जना र ऐरावती ५ बाट १ जनालाई पक्राउ गरि मुद्धा दर्ता गरीएको छ । यस्तै प्यूठान नगरपालिका १० बाट १ जनालाई पक्राउगरि अनुसन्धानको लागि नियन्तत्रणमा लिएको छ ।

कार्यालयकाअनुसार पछिल्लो केहिदिनमै जिल्लाभर १० हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । बन कार्यालयको अनुसार ७९ सामुदायिक बनमा आगलागी भएको छ । एउटा सामुदायिक बनले आगलागी गरेको भन्दै १ जना स्थानीयलाई ६५ हजार जरिबाना समेत गराएको छ । वन कार्यालयले आगलागीको सुराकी दिने व्यक्तिको नाम गोप्य राखी उचित पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ ।
आगलागी हुन नदिनको लागि विभिन्न स्थानमा सुराकी परिचालन,प्रचार प्रसार, पालिकास्तरमा आगलागी सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै आएको अधिकृत पौडेलले बताए ।

चैत्र यता बैशाख १६ गतेसम्म जिल्ला भरमा जम्मा ९५ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आगलागीबाट ५० घर, ७९ गोठ जलेका छन् । यसबाट १ सय ११ पशुचौपायाको जलेर मृत्यु भएको छ । भने, १९ घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी ईश्वर थापाले जानकारी दिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...